Comments Add Comment

गशिप

List Grid
रचना र समिक्षालाई कती हतार ?

तीज गीत रेकडिङ तथा छायांकनको समय छ । तीज गीतमा स्वर दिनका लागि विशेषगरि गायिकाहरुलाई भ्याइनभ्याई छ । उनीहरु, एक दिनमै गीतको छायांकनमा पुग्छन् भने सोही दिन रेकडिङका लागि पनि समय मिलाउँछन् । गायिकाहरुलाई काममा पूर्ण रुपमा ध्यान दिन भन्दा पनि कसरी हुन्छ यही समयमा पैसा कमाइहालौं भन्ने सोच हाबी भएको देखिन्छ । यस्तै देखियो […]

जिन्दगीमा उत्साह नभएका मानिस मन नपराउने सारा

नायिका सारा सिर्पाली सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो मनका भावना, घुमफिरका तस्वीर पोष्ट गर्छिन् । चलचित्र ‘गुञ्जन’ रिलिजको प्रतिक्षामा रहेकी यी सुन्दरी कहिलेकाही प्रेमको खबरले पनि चर्चामा आएकी हुन्छिन् । सामाजिक संजालमा साराको सुन्दरताको पनि खुबै चर्चा हुने गरेको छ । तर, उनले चलचित्र क्षेत्रमा सफलता पाउन भने अझै ठूलै मिहिनेत गर्नुपर्ने देखिन्छ । निरन्तर ३ […]

अदितीको नजरमा बिहेका लागि यूवकमा हुनुपर्छ यी ३ गुण

नायिका अदिती वुढाथोकी चलचित्रका कारण भन्दा पनि सामाजिक संजाल इन्स्टाग्रामका कारण बढी चर्चामा रहन्छिन् । दैनिकजसो, सामाजिक संजालमा आफ्नो बोल्ड फोटो पोष्ट गर्दै आएकी अदितीलाई मन पराउनेहरुको संख्या ११ लाख भन्दा धेरै छ । यसैले, पनि अदिती आफ्ना फ्यानहरुसँग इन्स्टामा कुराकानी गर्न मन पराउँछिन् । नेपालमा चलचित्र र भारतमा मोडलिङ गर्दै आएकी अदितीलाई उनका फ्यानले […]

भूवनको फेरिएको गेटअप फिल्ममा कहिले ?

नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए । सो समयमा भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने […]

आनाको प्रतीक्षा

सामाजिक संजालमा सक्रिय छिन्, नायिका आना शर्मा । उनले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरलाई उनका फ्यानले रुचाएका पनि छन् । सामाजिक संजालमा सक्रिय आनाको चलचित्र क्षेत्रको सक्रियता भने बढेको छैन । किनकि, आफ्नो चलचित्र यात्रामा तीन वटा मात्र चलचित्रमा काम गरेकी आनालाई सफलता हात लागेन । ‘जेरी’बाट प्रशंसा पाए पनि उनले ‘ग्याङस्टार ब्लूजबाट सफलता पाइनन् […]

कसको मायाले वर्षाको मन भारी ?

नायिका वर्षा सिवाकोटीको सामाजिक संजाल पछिल्लो केही महिनायता प्रेमको भावनाले भरिन थालेको छ । वर्षा सामाजिक संजालमा प्रेमका भावनाहरु पोख्न तल्लिन छिन् । चलचित्र ‘ए साथी सुन’को छायांकन सकेपछि वर्षा आफ्नै निजी जीवनमा व्यस्त छिन् । उनै, वर्षाको नाम पछिल्लो समय कलाकार राज कटुवालसँग जोडिएको छ । राज र वर्षा केही महिनायता प्रेममा छन् । […]

बदलिएकी शिल्पा

नेपाली चलचित्र क्षेत्रले गतबर्ष शुन्यतामा बितायो । धेरै कलाकार कामविहिन जस्तै बने । कतिपय कलाकारले यो समयमा आफूलाई परिवर्तन गर्ने कोशिश पनि गरे । नायिका शिल्पा मास्केले आफूलाई जीममा अभ्यस्त बनाइन् । उनले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरले पनि यो कुराको पुष्टी गर्छ । ” केही नेपाली चलचित्रमा अभिनय गरेर पनि सफलता नपाएकी नायिका हुन् […]

प्रियंकाले लेखिन्–‘हाम्रो सानो चमत्कार’

फागू पर्वमा केही तस्वीर सार्वजनिक गरेपछि नायिका प्रियंका कार्कीलाई फ्यानले सोधे–‘के तपाई गर्भवती हुनुहुन्छ ?’ सार्वजनिक तस्वीरमा प्रियंकाले आफ्नो बेबी बम्प लुकाएकी थिइन् । प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए । त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै तस्वीर सार्वजनिक गरिन् । उनले लेखिन्–‘अबदेखि […]

अनमोलसँगको प्रेम चर्चालाई बल पुग्ने आज्ञाको एउटा स्टाटस

नायक अनमोल केसीको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रका लागि नयाँ भने होइन । किनकी, अनमोल जुन चलचित्रमा काम गर्छन् उनको नाम सोही चलचित्रकी नायिकासँग जोडिन्छ । उनको प्रेम ‘जेरी’ नायिका आना शर्मासँग रहेको बताइन्छ । तर, दुबैले प्रेम स्विकार गरेनन् । यसपछि, विभिन्न नायिकासँग अनमोलको नाम जोडिएपनि उनले स्विकार भने गरेका छैनन् । यसैविच, पछिल्लो […]

क्यामेरासँग किन तर्किदैछन् आर्यन ?

नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल खासै मिडियामा आउन चाहदैनन् । केही बर्ष अगाडिसम्म स्टारडम उचाइमा रहँदा आर्यन मिडिया फ्रेन्ड्ली थिए । तर, पछिल्लो समय स्टारडम खस्कदै जाँदा आर्यनको क्रेज पनि कमजोर बन्दै गएको छ । उनै, आर्यनलाई पछिल्लो समय मिडियासँग साक्षात्कार गर्न खासै रुची नलागेको देखिन्छ । बुधबार ‘शुभबस्त्रम्’को उद्घाटनमा पत्नी सपना भण्डारी […]

अनु शाहः फिल्म भन्दा प्रेमले चर्चामा रहेकी नायिका

नायिका अनु शाह पछिल्ला केही बर्षदेखि चलचित्र क्षेत्रबाट त हराए जस्तै छिन् । किनकी, उनको हातमा चलचित्र नै छैन । म्यूजिक भिडियोमा भने उनी फाट्टफुट्ट देखिदै आएकी छिन् । उनै, अनुले आफ्नो जन्मदिन सोमबार मनाइन् । सोमबार जन्मदिन मनाएकी अनु चलचित्र क्षेत्रमा ‘दि यूगदेखि यूगसम्म’बाट प्रवेश गरेकी हुन् । यसपछि, उनले केही बर्ष निरन्तर चलचित्रमा […]

सबै अटे, तर ‘छक्का पन्जा’ टिमको गीतमा जितु अटेनन्

शनिबार एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘धनियाँ के होली’ बोलको गीत सार्वजनिक गरिन् । यो गीतलाई ‘छक्का पन्जा’ टिमले निर्माण गरेको हो । दीपाश्रीले भिडियोको निर्देशन गरेकी हुन् । यो गीतको भिडियोमा ‘छक्का पन्जा’को सिरिजमा देखिने अधिकांश कलाकार देखिएका छन् । तर, कलाकार जितु नेपाल भने देखिएका छैनन् । दीपकराज […]

लक्ष्यमा पुग्न नम्रताका २ मन्त्र

नायिका नम्रता श्रेष्ठको लकडाउनयताको दिनचर्या जीममा वित्छ । जीममा कडा मिहिनेत गरिरहेका तस्वीर उनी सामाजिक संजालमा पोष्ट गर्छिन् । नम्रताको जीमको कडा मिहिनेत दर्शकका लागि पनि प्रेरणाको श्रोत हुन सक्छ । चलचित्र क्षेत्रमा ‘गाँठो’बाट प्रवेश गरेकी नम्रता पछिल्लो केही महिनादेखि भने जीममा केन्द्रित छन् । आफूलाई स्वस्थ राख्न र आकर्षक देखाउन नम्रताको मिहिनेत गज्जबको छ […]

अवार्ड लिन गएकी नम्रताको प्रेम चर्चा

चलचित्र ‘क्लासिक’मा काम गरेपछि नायिका नम्रता श्रेष्ठले सबैजसो अवार्ड यो चलचित्रबाट जितिन् । यो चलचित्रमा नम्रताले गरेको अभिनयको सर्वत्र प्रशंसा भयो । यसैले पनि कुनै अवार्ड समारोमा नम्रता पुग्दा उनले नै अवार्ड पाउँछिन् भनेर अड्कल लगाउनु नौलो कुरा होइन । उसो त, नेपालको अवार्डमा जो पुग्छ उसैलाई दिने चलन छ । अवार्ड पाउने पक्का भएपछि […]

हलमा दुरी बनाएका पल र गरिमाको स्टेजमा धमाका

केही समयदेखि नेपाली सांगीतिक बजार तथा मिडियामा नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चा चलिरहेको छ । उसो त, पल र गरिमा दुबैले आफूहरु प्रेममा नरहेको बताउँदै आएका छन् । तर, शनिबार आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा पल र गरिमाले मिडियाको अगाडि भने दुरी बनाउने कोशिश गरे । मिडियामा प्रेमको चर्चा चलेपछि यी […]

सारुक र नम्रताः एकसाथ आए, हात समाउँदै फर्किए

नायिका नम्रता श्रेष्ठ सार्वजनिक कार्यक्रममा निकै कम उपस्थित हुन्छिन् । यसैले, पनि नम्रताको व्यक्तिगत जीवन मिडियाबाट टाढै छ । नम्रता पनि आफ्नो व्यक्तिगत जीवनलाई सकेसम्म मिडियाबाट टाढा नै राख्ने कोशिश गर्छिन् । तर, शनिबार ‘नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन पुगेकी नम्रताको व्यक्तिगत जीवन मिडियाबाट लुकेन । निकै नै आकर्षक पहिरनमा नायिका नम्रता श्रेष्ठ नायक सारुक […]

म्यूजिक भिडियोमा मलिकाको पारिश्रमिक एक लाखमाथि

‘यात्रा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी नायिका हुन्, मलिका महत्त । यो चलचित्र बक्स अफिसमा असफल हुँदा मलिकालाई पनि खासै फाइदा भएन । उनको अभिनयको भने प्रशंसा नै भएको थियो । यसपछि, मलिकाले चलचित्र ‘पानी फोटो’मा काम गरिन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा छ । लकडाउनपछि मलिकाले अभिनय गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत चर्चामा रह्यो […]

प्रियंकाको पहिरनको चर्चा

नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र बाहेक उनलाई लकडाउनपछि कुनै पनि चलचित्रको अफर गएको छैन । तर, पनि प्रियंका मिडियाको लाइमलाइटमा भने सधै रहिरहन्छिन् । उनै, नायिका आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी नायिका कार्की फेरि चर्चामा छिन् […]

नीतालाई भेट्न आगरा पुगे हरिहर

नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारीको प्रेम चर्चा नेपाली मिडियाका लागि अब कुनै नौलो रहेन । उनीहरुले, सामाजिक संजालबाट नै प्रेम स्विकार गरिसकेका छन् । हरिहर र नीताको प्रेम सुरु भएको एक बर्ष बढी भयो । उनीहरुले बिहे गर्न लागेको चर्चा पनि चलिरहेको छ । हरिहर र नीताले एक अर्कासँग पर्याप्त समय […]

प्रिज्मासँगको प्रेम स्विकार्न सागरलाई सकस

हाँस्य कलाकार सागर लम्साल ‘बले’ म्यूजिक भिडियोमा पनि चलेका मोडल हुन् । लकडाउनपछि म्यूजिक भिडियोमा उनको व्यस्तता बढेको छ । म्यूजिक भिडियोका महंगा मोडल समेत रहेका सागर पछिल्लो केही महिनादेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् । म्यूजिक भिडियो छायांकनका क्रममा नै सागर र प्रिज्माको भेट भएको थियो । यसपछि नजिक भएका उनीहरु प्रेम यात्रामा रमाइरहेका […]

राजेशको ‘जवानीलाई सलाम’

केही बर्ष अगाडि नायक राजेश हमालको एउटा बिषय निकै चर्चामा थियो । त्यो के भने, हमालले ‘भात’ खादैनन् । नायक हमाल आफैले आफूले ‘भात’ नखाने बताएका थिए । छायांकन सेटमा पनि हमाल खाना भन्दा पनि फलफूल बढी खाने गर्दथ्य । उनै, राजेश हमाल आफूलाई फिट देखाउनका लागि दैनिक व्यायम गर्ने गर्छन् । यसैले पनि ५० […]