
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दीपक गिरीले सामाजिक संजालमा प्रधानमन्त्री ओलीसँगको फोटो सेयर गर्दा आफू नडराउने बताएका छन्।
- उनले विगतमा सामाजिक संजालमा गाली खानुपरेको अनुभवलाई व्यंग्य गर्दै, प्रधानमन्त्रीको सम्मान गर्न आवश्यक रहेको बताएका छन्।
- यसले देशभक्तिपूर्ण र सकारात्मक सोचलाई प्रवर्द्धन गर्नुपर्ने सन्देश दिएको छ।
काठमाडौं । अभिनेता दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोटोलाई सामाजिक संजालमा सेयर गर्दा आफू नडराउने बताएका छन् ।
सिनेपाः छायांकन स्टुडियोको निर्माण सुरु भएको जानकारी गराउन बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीसँग दीपकको भेट भएको हो ।
प्रधानमन्त्री ओलीले फेसबुकमा सेयर गरेकै फोटोलाई दीपकले पुनःसेयर गरेका छन् । उनले प्रधानमन्त्रीको फोटो सेयर गर्दा विगतमा सामाजिक संजालमा गाली खानुपरेका केही किस्सालाई कटाक्ष गरेका छन् ।
दीपक लेख्छन्, ‘ आजको फोटो ….!!! प्रधानमन्त्रीसँग किन फोटो हालिस ? अब तेरो…..। यस्तै यस्तै कमेन्ट आउने होला ! तर कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नु भएन ! कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ । होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा अपमान बोध गर्नुपर्दैन.! जय सकारात्मकता ….।’
यसअघि प्रधानमन्त्रीको ओलीको प्रशंसा गर्दा कलाकार प्रकाश सपुतको फिल्म ‘वसन्त’लाई वहिष्कार गरौं भन्ने ट्रेन्ड सामाजिक संजालमा चलेको थियो । यो सन्दर्भमा, दीपकले फोटो सेयर गर्दै प्रधानमन्त्रीको फोटो सेयर गर्दा गाली गर्ने प्रवृत्तिलाई व्यंग्य गरेका हुन् ।
प्रतिक्रिया 4