News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार सिंहदरबारभित्रको नयाँ सांसद भवनमा सपथ ग्रहण गरेका छन्।
- सांसद भवनमा नेकपा, एमाले, राप्रपा, र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु नयाँ अनुहारसहित उपस्थित थिए।
- अभिनेता दीपकराज गिरीले रवि लामिछाने र बालेन शाहको सपथ लिँदै गरेको फोटो सेयर गर्दै 'अब देश पनि चेन्ज होस्' लेखेका छन्।
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार सपथ ग्रहण गरे । सिंहदरबारभित्रको नवनिर्मित सांसद भवनमा भिन्न दृश्य देखियो । सांसद भवन नयाँ अनुहारले भरिभराउ देखिन्थ्यो ।
पुराना नेताहरूमध्ये अघिल्लो लहरमा नेकपाका पुष्पकमल दाहाल, एमालेका रामबहादुर थापा, राप्रपाका ज्ञानेन्द्र शाही थिए । दायाँ लहरमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री प्रस्तावित बालेन शाह, सभापति रवि लामिछाने, नेता स्वर्णिम वाग्ले लगायत थिए ।
धेरै समयपछि नेपालको संसदीय इतिहासमा देखिएको यो भिन्न परिदृश्य थियो । यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा सर्वसाधारणदेखि सेलिब्रेटीसम्म टिप्पणी गरिरहेका छन् ।
अभिनेता दीपकराज गिरीले अघिल्लो लहरमा देखिएको परिवर्तनलाई लिएर फोटो सेयर गरेका छन् । रवि र बालेनले सपथ लिँदाको फोटो सेयर गर्दै उनी लेख्छन्, ‘लौ, धेरैपछि फस्ट बेन्च चेन्ज भो । अब देश पनि चेन्ज होस् ।’
संसदको पहिलो लहरमा देखिएको यो बदलावले मुलुकमा पनि परिवर्तन ल्याउन सकोस् भन्ने आशा राखेका छन् । चुनाव अघिदेखि नै गिरीले आफूलाई परिवर्तनको पक्षमा उभ्याउँदै आएका छन् ।
कामको कुरा गर्दा, दीपकराजको अभिनय रहने फिल्म ‘छ माया छपक्कै २’ बैशाखदेखि छायांकन तयारीमा छ ।

प्रतिक्रिया 4