News Summary
Generated by OK AI. Editorially reviewed.- बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन हटाउने र यसको ठाउँमा स्टुडेन्ट काउन्सिल स्थापना गर्ने निर्णय गरेको छ।
- प्रधानमन्त्री शाहले फेसबुकमा विद्यार्थीले नेता होइन, गुरुको कुरा सुन्नुपर्ने स्टाटस लेख्नुभएको छ।
- अभिनेता दीपकराज गिरीले विद्यार्थी संगठन हटाउने निर्णयको समर्थन गर्दै पार्टीभक्ति भन्दा देशभक्ति सिकाउनुपर्ने बताएका छन्।
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ । यसको ठाउँमा ‘स्टुडेन्ट काउन्सिल’ हुनुपर्ने सरकारको धारणा छ ।
प्रधानमन्त्रीकै दल राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा समेत शिक्षण संस्थाबाट दलीय विद्यार्थी संगठन हटाउने उल्लेख छ । विशेषगरि, पुराना दल र उनीहरूका विद्यार्थी भातृ संगठन सरकारको निर्णयविरुद्ध उभिएका छन् ।
सरकारको यो निर्णयलाई लिएर चौतर्फी विरोध र समर्थन भैरहेको छ । प्रधानमन्त्री शाहले मंगलबार पनि फेसबुक स्टाटसमार्फत विद्यार्थीले नेता होइन, गुरुको कुरा सुन्नुपर्ने आशयको स्टाटस लेखेका छन् ।
यस्तोमा, अभिनेता दीपकराज गिरीले विद्यार्थी संगठन हटाउने बालेन सरकारको निर्णयको समर्थन गरेका छन् । आफूले पनि विगतमा विद्यार्थी राजनीति गरेको जनाउँदै दीपकले त्यसले बरु आफूलाई पार्टी भक्ति सिकाएको तर देशभक्ति सिकाउन नसकेको उल्लेख गरेका छन् ।
दीपक लेख्छन्, ‘म पनि कुनै जमानामा विद्यार्थी राजनीतिमा थिएँ, हाम्रा गतिविधि प्रायः पार्टीकै कार्यक्रममा केन्द्रित हुन्थ्यो, त्यस्ले मलाई न राम्रो नेता बनायो न राम्रो विद्यार्थी ! पार्टीभक्ति सिकायो तर देशभक्ति कहिल्यै सिकाएन ! शुभदिन !!’
कामको कुरा गर्दा, दीपकराज अहिले आगामी फिल्म ‘छ माया छपक्कै २’ मा ब्यस्त छन् ।
प्रतिक्रिया 4