News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेताद्वय दीपकराज गिरी र केदार घिमिरेले जेनजी आन्दोलनको तोडफोडमा स्वतन्त्र कलाकारलाई प्रहार गरिएको भन्दै सञ्चारमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
- दीपकराजले जेनजी आन्दोलनलाई विध्वंशसँग मात्र जोड्न नहुने र यो मेरो आन्दोलन हो, तेरो होइन भन्ने भावनाले द्वन्द्व सिर्जना गर्न सक्ने बताए।
- सञ्चारमन्त्री जगदिश खरेलले दीपकराजलाई चिन्ता नलिन आग्रह गर्दै भने, 'जनताले न्याय गर्नुहुन्छ' र चलचित्र विकास बोर्डले कलाकारसँग छलफल कार्यक्रम आयोजना गरेको थियो।
काठमाडौं । अभिनेताद्वय दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’ले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजानी भएका घटनामा स्वतन्त्र कलाकारलाई प्रहार गर्ने काम भएको भन्दै संचार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
विहिबार मन्त्रालयले आयोजना गरेको चलचित्रकर्मीसँगको अन्तक्रिया र छलफलमा उनीहरूले कलाकार लक्षित आक्रमणबारे कुरा राखेका थिए ।
दीपकले जेनजी आन्दोलनलाई विध्वंशसँग मात्र जोड्न नहुने बताउँदै यो मेरो आन्दोलन हो, तेरो होइन भन्ने भावनाले द्वन्द्व सिर्जना गर्न सक्ने बताए ।
उनले भने, ‘समाजले परिवर्तन खोजिरहेको बेला यो मेरो आन्दोलन हो, तेरो होइन भन्ने कुराले द्वन्द्व मात्र निम्त्याउँछ । म अमेरिकामा थिएँ, कसैले घर जलाए भन्यो ।’
माग्ने बुढाले तोडफोडको नाममा स्वतन्त्र कलाकारलाई मात्र प्रहार गर्न नहुने धारणा राखे ।
संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले दीपकराजलाई चिन्ता नलिन आग्रह गरे । ‘दीपकजी तपाईंले सहि गर्नुभएको छ भने चिन्ता नलिनूस । जनताले न्याय गर्नुहुन्छ’ उनले भने ।
चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले विहिबार कलाकारसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतिक्रिया 4