News Summary
Generated by OK AI. Editorially reviewed.- बिग बोस २० को आजको एपिसोडमा यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की, धक्कामुक्की र हात हालाहालको अवस्था देखिने प्रोमो सार्वजनिक भएको छ।
- प्रोमोमा यङ डीएसएले स्काउटसँग एउटै घरमा बस्न नसक्ने बताएका छन् भने आम्रपालीले ‘स्काउट, तिमी उसलाई हिर्काउन सक्दैनौं ।’ भनेकी छन्।
- सामाजिक सञ्जालमा दर्शकले प्रोमोको सम्पादनको प्रशंसा गरेका छन्, जबकि झगडाको कारण टर्चर टास्कबाट सुरु भएको दाबी गरिएको छ।
बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् ।
शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको छ । निर्माताले सार्वजनिक गरेको नयाँ प्रोमोमा दुई मिल्ने साथीबीचको विवादले उग्र रूप लिएको देखिन्छ ।
प्रोमोमा यङ डीएसए कन्फेसन रुममा बसेर स्काउटसँग अब एउटै घरमा बस्न नसक्ने बताइरहेका छन् ।
उनी भन्छन्, ‘मेरो पहिलो कम्पनीको साथीसँग पनि मेरो झगडा भएको थियो ।’
त्यसपछि दृश्य एकाएक परिवर्तन हुन्छ र आम्रपालीको आवाज सुनिन्छ, ‘स्काउट, तिमी उसलाई हिर्काउन सक्दैनौं ।’
प्रोमोमा दुवैबीचको वास्तविक हात हालाहाल भने देखाइएको छैन । तर, स्काउटलाई काजी तौकीरले पछाडि तानिरहेको र यङ डीएसएलाई गुल्लूले सम्हालिरहेको दृश्य देखिन्छ । यसक्रममा फिल्म ‘एनिमल’को गीतसमेत ब्याकग्राउन्डमा सुनिन्छ ।
काजीले स्काउटलाई ‘तँ बेवकुफ होस् ?’ भन्दै सम्झाइरहेको पनि सुनिन्छ ।
प्रोमोको सम्पादनको प्रशंसा
प्रोमो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दर्शकले यसको सम्पादनको प्रशंसा गरेका छन् ।
एक प्रयोगकर्ताले ‘बिग बोसका पुराना अनुभवी सम्पादकहरू फर्किएछन्’ भन्दै प्रतिक्रिया दिएका छन् । अर्का प्रयोगकर्ताले ‘सम्पादकले दिवाली बोनस पाएजस्तो छ, त्यसैले यति राम्रो प्रोमो बनाएका छन्’ लेखेका छन् ।
केही दर्शकले पछिल्ला केही दिनदेखि यस्तै रोमाञ्चक प्रोमोको प्रतीक्षा गरिरहेको बताएका छन् । कतिपयले यसको सम्पादनले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।
टर्चर टास्कका क्रममा विवाद सुरु
यङ र स्काउटबीच झगडा हुनुको वास्तविक कारण भने प्रोमोमा खुलाइएको छैन । तर, रेडिटमा गरिएको एउटा पोस्टमा उनीहरूबीचको विवाद टर्चर टास्कका क्रममा सुरु भएको दाबी गरिएको छ ।
उक्त पोस्टअनुसार, टास्कका क्रममा उदिति रोबोट कुर्सीमा बसिरहेकी हुन्छिन् । उनलाई भावुक बनाउने उद्देश्यले स्काउटले उदितिको पारिवारिक तस्बिर ल्याएर कुनामा जलाउने प्रयास गर्छन् ।
त्यसपछि गुल्लू र यङ डीएसएले स्काउटलाई लगातार रोक्न खोज्छन् । यही विषयलाई लिएर उनीहरूबीच सुरुमा भनाभन हुन्छ ।
पछि विवाद बढ्दै जाँदा गालीगलौज र धक्कामुक्कीसम्म पुगेको दाबी गरिएको छ । यद्यपि, झगडाको वास्तविक कारण र घटनाको विस्तृत विवरण भने आजको एपिसोड प्रसारण भएपछि मात्रै स्पष्ट हुनेछ ।
प्रतिक्रिया 4