+
+
Shares
गसिप :

विवाह गर्नुपर्छ भन्ने छैन, लिभिङ सिभिङ बस्दा पनि हुन्छ : लाउरे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १४:२६
फिल्म जन्ते बाख्रो प्रिमियरमा अभिनेता तथा र्‍यापर लाउरे अर्का कलाकार अनुपविक्रम शाहीसँग ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक संजालमा चर्चित र्‍याप गायक लाउरेले विवाह आवश्यक नभएको र लिभिङ टुगेदर बस्न सकिने अभिव्यक्ति दिएका छन्।
  • उनीले आफूले मन पराएकी युवतीसँग नपाएको कारण अहिले सिंगल रहेको बताए र अभिव्यक्तिले सामाजिक संजालमा चर्चा पाएको छ।
  • लाउरे हिमालय रोडिजको नयाँ सिजनमा व्यस्त रहेका छन् र २०२४ र २०२५ का टूरहरूको योजना बनाएका छन्।

काठमाडौं । सामाजिक संजालमा चर्चित र्‍याप गायक एवं कलाकार लाउरेको एक अभिव्यक्ति भाइरल बनेको छ । केही दिनअघि फिल्म ‘जन्ते बाख्रो’को प्रिमियरको क्रममा उनले बोलेको कुरा टिकटकदेखि रिल्समा छ्याप्छ्याप्ती छ ।

उनले विवाह सम्बन्धको औचित्यबारे बोल्दै विवाह गर्ने चलन हटिसकेको धारणा राखेका थिए । उनले अहिलेको जमानामा विवाह गर्न जरुरी नरहेको धारणा राख्दै लिभिङ टुगेदर बस्दा पनि हुने बताए ।

उनले भने, ‘विवाह गर्ने चलन हटिसकेको जस्तो लाग्छ अहिलेको जमानामा । विवाह नै गर्नुपर्छ भन्ने छैन । लिभिङ सिभिङ यताउती गरेर बस्दा नि हुन्छ ।’ उनले सो अवसरमा आफूले मनपराएकी युवतीले आफूलाई मन नपराएपछि अहिले आफू सिंगल रहेको समेत बताएका छन् ।

लाउरेको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक संजाल प्रयोगकर्ता पक्ष र विपक्षमा बाँडिएका छन् ।

कामको कुरा गर्दा, लाउरे हिमालय रोडिजको नयाँ सिजनमा ब्यस्त छन् । सन् २०२४ मा उनले ‘रोड साइड रोमियो’ बोलको एकल ट्रयाक ल्याएका थिए । ब्याड कम्पनी ब्रान्ड मातहत उदीयमान र्‍यापरलाई सघाउन रेकर्ड लेबल ल्याउने बताएका थिए ।

सन् २०२५ मा उनले अमेरिका, बेलायत र अस्ट्रेलिया टूरको घोषणा गरिसकेका छन् ।

@the.laure39

Laure . Kathmandu Tonight Roadies 🇰🇷

♬ original sound – the.laure

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?