+
+
Shares

गीत गाएर भन्दा स्टाटस लेखेर हिट हुनी दिन आइसक्यो : पशुपति शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोक तथा दोहोरी गायक पशुपति शर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्ने प्रवृत्तिप्रति व्यंग्य गर्दै राजनीतिक र सामाजिक विषयमा गीतमार्फत आवाज उठाएका छन्।
  • उनले लेखेका छन्, ‘गीत गाएर भन्दा स्टाटस लेखेर हिट हुनी दिन आइसक्यो । लौन मैले कस्तोविरुद्ध स्टाटस लेखूम ?’ र यसमा अन्य कलाकारले समर्थन जनाएका छन्।
  • शर्माले ६ वर्षअघि विवादित गीत ‘लुट्न सके लूट कान्छा’ र त्यसको दोस्रो भागसहित ‘मलाई अमेरिका यहीँ’, ‘चटपटे’, ‘साइकल किन्न जाम’ लगायत हिट गीतहरू प्रस्तुत गरेका छन्।

काठमाडौं । लोक तथा दोहोरी गायक पशुपति शर्मा राजनीतिक र सामाजिक टिप्पणी मिश्रण हुने गीतका कारण श्रोता-दर्शकमाझ परिचित छन् । सत्ता र बेथितीविरुद्ध उनले संगीतमार्फत उछितो काढे ।

उनै गायक शर्माले हिट हुन सामाजिक सञ्जालमा स्टाटस लेख्ने प्रवृत्तिप्रति व्यंग्य र प्रश्न तेस्र्याएका छन् । उनको यो अभिव्यक्तिप्रति अन्य कलाकारले पनि लाइक र कमेन्टमार्फत समर्थन जनाएका छन् ।

शर्मा लेख्छन्, ‘गीत गाएर भन्दा स्टाटस लेखेर हिट हुनी दिन आइसक्यो । लौन मैले कस्तोविरुद्ध स्टाटस लेखूम ? ओली, देउवा, प्रचण्ड, गगन, रवि, बालेन, हर्क । लौ त कमेन्ट लेख्दिनूस ।’

उनको यो टिप्पणीमा कलाकारसहित सर्वसाधारणले पनि प्रतिक्रिया जनाइरहेका छन् । उनले ६ वर्षअघि ल्याएको गीत ‘लुट्न सके लूट कान्छा’ निकै चर्चित र विवादित बन्यो । त्यसपछि उनले उक्त गीतको दोस्रो भाग पनि ल्याए ।

मलाई अमेरिका यहीँ, आफ्नो आफ्नो दुःख, चटपटे, साइकल किन्न जाम, क्याम्पस पढ्न आउने, चल्दैन बासना, मनैमा पाप छैन हाम्रो उनका हिट गीतहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?