+
+
Shares

हलिउड अभिनेता विल स्मिथलाई राहत, अदालतद्वारा यौन दुर्व्यवहारको मुद्दा खारेज

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यालिफोर्नियाको अदालतले विल स्मिथमाथि लागेको यौन दुव्र्यवहारको मुद्दा खारेज गरेको छ।
  • ब्रायन किंग जोसेफले सन् २०२५ मा स्मिथको टुर टिममा यौन उत्पीडनको आरोप लगाएका थिए।
  • अदालतले आरोप पर्याप्त प्रमाण नभएको र दुव्र्यवहार पुष्टि नहुने भन्दै दाबी खारेज गरेको छ।

लस एन्जलस । हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ ।

यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका अभिनेता स्मिथमाथि यौन उत्पीडन र बिनाकारण कामबाट निकालेको (रंगफुल टर्मिनेसन) आरोप लागेको थियो ।

स्मिथमाथि यी गम्भीर आरोप लगाउने व्यक्ति इलेक्ट्रिक भायोलिन वादक ब्रायन किंग जोसेफ हुन् । ‘अमेरिकाज गट ट्यालेन्ट’ को फाइनलिस्टका रूपमा पहिचान बनाएका जोसेफले सन् २०२५ को सांगीतिक भ्रमणका क्रममा स्मिथसँग काम गरेका थिए ।

उनले लास भेगास बसाइका क्रममा आफूमाथि अप्रिय घटना भएको र काम गर्ने वातावरण ’अत्यन्तै तनावपूर्ण’ रहेको दाबी गर्दै अदालतमा उजुरी दिएका थिए।

‘टीएमजी’ को रिपोर्ट अनुसार ३६ वर्षीय जोसेफले लास भेगासस्थित होटलको आफ्नो कोठामा कोही अज्ञात व्यक्ति प्रवेश गरी केही सामग्री छाडेको दाबी गरेका थिए । ती सामानमा वाइप्स, बियर र एचआईभीको औषधि समावेश भएको बताइएको थियो । उनले कोठामा ‘स्टोन एफ’ हस्ताक्षर भएको एउटा नोट समेत फेला परेको र त्यसमा ‘ब्रायन, म फेरि आउनेछु… हामी दुई मात्र’ भनी लेखिएको आरोप लगाएका थिए ।

जोसेफको कानुनी टोलीले उक्त घटनालाई उत्पीडनको पराकाष्ठा भएको तर्क गरेको थियो । तर, मे ५, २०२६ मा अदालतले दिएको आदेशमा यी आरोप क्यालिफोर्नियाको कानुन बमोजिम यौन दुव्र्यवहार पुष्टि गर्न आवश्यक कानुनी मापदण्डभित्र नपर्ने उल्लेख गरिएको छ ।

न्यायाधीशका अनुसार लगाइएका आरोपले यस्तो व्यवहार पुष्टि गर्न सकेनन् जुन ‘पर्याप्त रूपमा गम्भीर वा व्यापक’ होस् । अदालतको दस्ताबेजमा यो पनि उल्लेख छ कि जोसेफले आफ्ना व्यक्तिगत सामान र होटलको ‘कि–कार्ड’ एउटा ट्रान्सपोर्ट भ्यानमा छोडेका थिए, जुन धेरै घण्टासम्म टोलीका अन्य सदस्यको पहुँचमा थियो । यसले गर्दा कोठामा अरूको प्रवेशलाई नियतवश गरिएको दुव्र्यवहार मान्न पर्याप्त आधार भेटिएन ।

जोसेफले आफूले सुरक्षाकर्मी र व्यवस्थापनसमक्ष गुनासो गरेकै कारण कामबाट निकालिएको दाबी गरे पनि अदालतले त्यसलाई स्वीकार गरेन । उनलाई कामबाट निकालिनु र कथित घटनाबीच सीधा सम्बन्ध जोड्ने पर्याप्त प्रमाण नभएको भन्दै अदालतले दुव्र्यवहार र गलत निष्कासन दुवै दाबीलाई खारेज गरिदिएको छ ।

३६ वर्षीय ब्रायन किंग जोसेफ एक स्थापित संगीतकर्मी हुन् । ‘अमेरिकाज गट ट्यालेन्ट’ बाट चर्चामा आएका उनले स्नुप डग र असरजस्ता विश्वप्रसिद्ध कलाकारसँग पनि सहकार्य गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?