+
+
Shares

त्रिपुरेश्वरस्थित बागमती स्वीट्सको शिलबन्दी फुकुवा

विभागले पत्र जारी गर्दै उक्त उद्योगमा लगाइएको रोक फुकुवा गरिएको जानकारी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा लगाइएको शिलबन्दी फुकुवा गरेको छ।
  • बागमती स्वीट्सले उत्पादन गरेको तयारी खाजामा किरा भेटिएको उजुरीपछि गत चैतमा उत्पादन र बिक्री रोकिएको थियो।
  • शिलबन्दी फुकुवा गर्दा स्वीट्सले खाद्य स्वच्छता सुधार गरेको र विभागले निर्देशन पालना गरेको पाइएको छ।

२९ वैशाख, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा गरिएको शिलबन्दी फुकुवा गरेको छ ।

विभागले पत्र जारी गर्दै उक्त उद्योगमा लगाइएको रोक फुकुवा गरिएको जानकारी दिएको हो ।

चैत अन्तिम साता उक्त स्वीट्सले उत्पादन गरेको तयारी खाजाको प्याकेटमा किरा भेटिएको र दुर्गन्ध आएको भन्दै उजुरी परेपछि खाद्य निरीक्षकले खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार तत्कालका लागि उत्पादन र बिक्री-वितरण रोक्न आदेश दिएका थिए ।

बाग्मती स्वीट्सले हालै आन्तरिक संरचना सुधार, कर्मचारी व्यवस्थापन तथा उत्पादन प्रक्रिया थप व्यवस्थित गरेपछि शिलबन्दी फुकुवा गरिएको हो ।

शिलबन्दीपछि उद्योगले २१ वैशाखमा ‘अनुमति पाउँ’ भनी दिएको निवेदनका आधारमा विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

उक्त अनुगमनका क्रममा स्वीट्सले खाद्य स्वच्छताको अवस्थामा सुधार गरेको र विभागले दिएका निर्देशनहरू पालना गरेको पाइएको पत्रमा उल्लेख छ ।

‘विगतको अनुगमनका क्रममा दिइएका निर्देशन पालना गरेको र खाद्य स्वच्छताको अवस्था सन्तोषजनक पाइएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम लगाइएको रोक फुकुवा गरिएको छ,’ विभागले जारी गरेको पत्रमा छ ।

विभागले आगामी दिनमा पनि व्यवसाय सञ्चालन गर्दा खाद्य स्वच्छताका न्यूनतम मापदण्डहरू पूर्णरूपमा पालना गर्न र गुणस्तरीय खाद्य पदार्थमात्र उत्पादन तथा बिक्री–वितरण गर्न सचेत गराएको छ ।

यदि मापदण्ड पालना नगरेको वा ऐन उल्लंघन गरेको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने समेत विभागले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?