News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित श्रीकृष्ण बेभरेजको पानीमा एमोनिया पोजिटिभ फेला परेको बताएको छ।
- विभागले ७ माघमा मोबाइल खाद्य प्रयोगशाला भ्यानसहितको छड्के अनुगमन क्रममा उक्त उद्योगमा व्यक्तिगत सरसफाइमा ध्यान नदिएको र पन्जा नलगाइ जार भर्ने भेटिएको उल्लेख गरेको छ।
- खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम थप परीक्षणका लागि नमुना संकलन गरिएको र उद्योगलाई मापदण्ड पालना गर्न निर्देशन दिइएको छ।
११ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित एक पानी उद्योगको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘एमोनिया’ फेला पारेको छ ।
विभागले ७ माघमा काठमाडौं उपत्यकाभित्र सञ्चालन गरेको मोबाइल खाद्य प्रयोगशाला भ्यानसहितको छड्के अनुगमन क्रममा कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको श्रीकृष्ण बेभरेजमा यस्तो कैफियत फेला परेको हो ।
मोबाइल प्रयोगशालामा गरिएको किट परीक्षण क्रममा उक्त उद्योगको जारको पानीमा एमोनिया पोजिटिभ पाइएको विभागले जनाएको छ ।
यस्तै उद्योगमा काम गर्ने कामदारले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको र पन्जा नलगाइ जार भर्ने गरेको भेटिएको छ ।
पानीको प्रारम्भिक परीक्षणमा कैफियत देखिएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम थप प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरेको छ ।
विभागले उक्त उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ का प्रावधान पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया 4