+
+
Shares

राजेशपायललाई राजनीतिमा आउन रेशम चौधरीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेश्म चौधरी र राजेशपायल राईले काठमाडौंमा दुई दशकपछि भेट गरी पुराना दिन सम्झिए।
  • रेश्म चौधरीले राजेशपायललाई राजनीतिमा आउन आग्रह गर्दै सांसद र मन्त्री बनाउने प्रस्ताव राखे।
  • राजेशपायलले यो आग्रहलाई ठट्टाको रुपमा लिए र सामाजिक संजालमा फ्यानले उनलाई राजनीतिमा आउन सल्लाह दिएका छन्।

काठमाडौं । कमैलाई थाहा छ, रेशम चौधरी र राजेशपायल राई धेरै पुराना मित्र हुन् । यी दुईले काठमाडौंमा सँगै पढे र संघर्ष गरे ।

केही दिनअघि यी दुईजनाबीच भण्डै दुई दशकपछि भेट भयो । राजेशपायल राईले रेशमलाई आफ्नो स्टुडियोमा बोलाएका थिए । त्यहाँ यी दुईजनाले मिडियासँग भलाकुसारी पनि गरे ।

त्यतिबेला यी दुईले पुराना दिनहरू सम्झिए । आफू काठमाडौंमा आउनुभन्दा अघिदेखि नै राजेशपायल निकै हिट कलाकार रहेको र उनी क्याम्पसको विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेको रेशले सम्झिए ।

चौधरी यतिबेला नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन् । रेशम र राजेशपायलको पछिल्लो भेट रोचक रह्यो । यो भेटमा रेशमले राजेशपायललाई राजनीतिमा आउन आग्रह गरे ।

त्यतिमात्र होइन, गायक राईलाई सांसद बनाउनेदेखि उस्तै परे मन्त्री समेत बनाउने बताए । रेशमको यो आग्रहलाई राजेशपायलले ठटटको रुपमा लिए । प्रतिक्रियामा हाँसीमात्र रहे ।

यी भिडियो सामाजिक संजालमा आएपछि राईका फ्यानले उनलाई राजनीतिमा आउन सल्लाह दिइरहेका छन् । कतिपयले आउन नहुने बताउँदै राजनीतिमा आएमा करिअर सकिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?