+
+
Shares

एलिना चौहानले ‘हेट स्पिच’ दिने सोसल मिडिया खातालाई सार्वजनिक गर्न थालिन्

‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू आइज है’ उनले लेखेकी छन् । फेसबुक लाइभमा उनले अबदेखि आफूले सहन नसक्ने बताएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते २०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका एलिना चौहानले सामाजिक संजालमा अमर्यादित टिप्पणी गर्ने प्रयोगकर्तालाई सार्वजनिक गरिरहेकी छन्।
  • उनीले फेसबुक लाइभमा 'कमेन्टको अत्याचार' भन्दै पोस्ट गर्दै ती प्रयोगकर्तालाई सार्वजनिक गर्न थालेकी हुन्।
  • अर्का कलाकार र अभिनेत्रीहरूले पनि आफ्ना विरुद्धको हेट–स्पिचका स्क्रिनसट् सेयर गरेका छन्।

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक संजालमा आफ्नो बारेमा अमर्यादित टिप्पणी गर्ने प्रयोगकर्तालाई सार्वजनिक गर्न थालेकी छन् । पोस्टमा नकारात्मक कमेन्टदेखि मेसेजमा अभद्र सन्देश पठाउनेको स्क्रिनसट् र लिंकसहित उनले धमाधम सार्वजनिक गरिरहेकी छन् ।

बुधबार बेलुका फेसबुकमा लाइभ आउँदै उनले ‘कमेन्टको अत्याचार’ बढी भएको गुनासो गर्दै पालैपालो पोस्ट गर्ने बताएकी थिइन् । उनले सार्वजनिक गरेका केही फेसबुक प्रयोगकर्ताले उनको यसअघिको दाम्पत्य जीवन र पूर्वश्रीमानबारे अभद्र टिप्पणी गरेको देखिएको छ । उनले यस्ता कमेन्ट गर्ने प्रयोगकर्तालाई सार्वजनिक गरेकी हुन् ।

‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू आइज है’ उनले लेखेकी छन् । फेसबुक लाइभमा उनले अबदेखि आफूले सहन नसक्ने बताएकी थिइन् ।

यसअघि गायिका समीक्षा अधिकारी, टिकटकर प्रिन्सी–प्रिज्मा खतिवडादेखि अभिनेत्री ऋचा शर्माले पनि आफूविरुद्ध अमर्यादित टिप्पणी गर्नेको स्क्रिनसट् र लिंक सेयर गरेका थिए । पछिल्लो समय सामाजिक संजालमा हेट–स्पिच बढ्न थालेपछि कलाकारले धमाधम त्यस्ता प्रयोगकर्ताका एकाउन्टलाई सार्वजनिक गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?