News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहानले चितवन, गोरखा, बुटवल, धुलिखेलमा सांगीतिक प्रस्तुति दिएकी छिन्।
- एलिनाले आफ्नो नयाँ गीत 'बाँचेकै छु क्यारे' को प्रचार गर्दै सामाजिक सञ्जालमा भाइरल भिडियो प्रस्तुत गरेकी छिन्।
- एलिना र समीक्षा अधिकारीले दुर्गेश थापाको गीतमा सहकार्य गर्दै स्टेज सेयर गरेका छन्।
काठमाडौं । गायिका एलिना चौहान अहिले मेला महोत्सवमा ब्यस्त छिन् । उनले हालै चितवन, गोरखा, बुटवल, धुलिखेल लगायतका स्थानमा सांगीतिक प्रस्तुति दिइन् ।
योसँगै उनले प्रशंसकलाई आफ्नो आगामी गीत ‘बाँचेकै छु क्यारे’ बारे जानकारी पनि दिइरहेकी छिन् । गीत पनि सुनाउँदै त्यसको प्रवर्धन गरिरहेकी छिन् ।
गतसाता चितवनमा आयोजित सांगीतिक साँझमा उनले नयाँ गीत गाउँदै गर्दाका भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन् ।
जहाँ, उनले आउने गीत सुनाएर दर्शकलाई उत्साहित तुल्याएकी छिन् । दर्शकले विशेषगरि उनको नयाँ गीतको लिरिक्सलाई रुचाएका छन् । कतिपयले उनले वास्तविक जीवन भोगाइलाई शब्दको रुपमा दिएको बताएका छन् ।
यता पनि नजा भन्थ्यो, उता पनि नजा
अहिले रोक्ने कोही नि छैन, मलाई कति मज्जा
गाएकै छु क्यारे, नाचेकै छु क्यारे
उसले छोड्दा मर्छु जस्तै लाग्यो, छाड्यो
बाँचेकै छु क्यारे, बाँचेकै छु क्यारे
दुश्मन जलिरहन्छ, जीवन चलिरहन्छ
ती कन्सर्टमा एलिना र अर्की गायिका समीक्षा अधिकारीले पनि सँगै स्टेज सेयर गरेका छन् । अहिलेका चर्चित दुई गायिकालाई एउटै मञ्चमा देखेपछि दर्शक पनि खुसी हुने भैहाले ।
उनीहरूले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ गीतमा पनि सहकार्य गरेका थिए । एलिनाको नयाँ गीतका ती शब्दलाई लाक्षणिकरुपमा पनि लिन सकिन्छ ।
एलिनाले स्टेजमा उक्त गीत प्रस्तुत गर्दा दर्शकले नाच्दै हौसला पनि दिने गरेका छन् । यो गीतबाट आफू सफलताको आशा राखेको पनि एलिनाले बताउने गरेकी छन् ।
प्रतिक्रिया 4