+
+
Shares

अमेरिकी आयोजकले भन्यो- एलिनाले अन्य संस्थाबाट रकम लिएको भेटिएपछि करार उल्लंघन

अफवाह नफैलाउन, कानुनी बाटो अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका एलिना चौहान र आयोजक फ्लाइ नेपा ट्राभल्सबीच 'अब गाउँछ अमेरिका' टूरको विवाद सामाजिक सञ्जालमा जारी छ।
  • आयोजकले एलिनाले करार उल्लंघन गरी अन्य संस्थाबाट रकम लिएको आरोप लगाएको छ र कानुनी बाटो अपनाउन सुझाव दिएको छ।
  • एलिनाले आयोजकका आरोपहरू खण्डन गर्दै विवादमा आफ्नो पक्ष सामाजिक सञ्जालमा राखेकी छिन्।

काठमाडौं । गायिका एलिना चौहानको हालैको ‘अमेरिका टूर’को विवाद अहिलेसम्म सल्टिएको छैन ।

आयोजक फ्लाइ नेपा ट्राभल्स र गायिका चौहानबीच सामाजिक सञ्जालमा एकपछि अर्को गरि दाबी र खण्डन आइरहेका छन् ।

‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक टूर नसकिँदै चौहान गतसाता स्वदेश फर्किएकी थिइन् । आयोजकले नोकरजस्तै व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा उनले टिप्पणी गरेकी थिइन् ।

विवाद चर्किदैं गर्दा आयोजक फ्लाइ नेपा ट्राभल्सले पनि विज्ञप्तिमार्फत थप प्रष्टीकरण दिएको छ । गायिका चौहानले करारविपरित गई अन्य संस्थाबाट रकम लिएर कार्यक्रम गरेको भेटिएपछि त्यसै बखत करार उल्लंघन भएको आयोजकले जनाएको छ ।

‘करार उल्लंघ भएपश्चायत गायिका एलिनाको अब गाउँछ अमेरिकाको बाँकी कार्यक्रम पनि रद्द भएर नेपाल फर्किनु भएको अवस्थामा यदि उहाँलाई करार रद्द भएकोप्रति आपत्ति वा अन्याय परेको महसुस भएमा कानुनी बाटो अपनाउन सक्ने जानकारी गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

आयोजकले अफवाह नफैलाउन पनि चौहानलाई आग्रह गरेको छ । केही दिनअघि एलिनाले न्यूयोर्कको एक कार्यक्रमबाट रकम बुझेको बिल सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

एलिनासँगै अमेरिका गएका गायकद्वय बद्री पँगेनी र प्रताप दास भने अहिले पनि उतै छन् । एलिनाले भने केही युट्युब अन्तर्वार्ताहरूमा आयोजकले लगाएका आरोपहरूको खण्डन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?