News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहान र गायक प्रताप दास अमेरिकामा सांगीतिक कार्यक्रमको क्रममा तिहार मनाएका थिए।
- एलिनाले सामाजिक सञ्जालमा प्रतापलाई भाइटीका लगाएको भिडियो पोस्ट गर्दै दाजुभाइ भएको प्रमाणित गर्नुपर्ने समाजको कुरा उल्लेख गरिन्।
- उनीहरूले अमेरिकामा तिहार गीत पनि ल्याएका थिए र प्रशंसकलाई शुभकामना दिइन्।
काठमाडौं । गायिका एलिना चौहान र गायक प्रताप दास सांगीतिक कार्यक्रमको सिलसिलामा पछिल्लो महिना अमेरिकामा थिए ।
आफूहरू स्वदेश फर्किन लागेको जानकारी एलिनाले सामाजिक सञ्जालबाट दिएकी छन् । यता आउनुअघि उनीहरूले अमेरिकामै तिहार मनाए ।
एलिनाले प्रतापलाई भाइटीका लगाइदिएकी छन् । उनले यसको जानकारी सामाजिक सञ्जालमा भिडियो र फोटो पोस्ट गर्दै दिएकी छन् ।
सामन्यतया पर्व मनाएको फोटो र भिडियो सामाजिक सञ्जालमा सबैले हाल्छन् । तर, एलिना र प्रतापको मित्रता सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।
आरोप र आशंकाको खण्डन गर्दै एलिनाले फेसुबकमा प्रतापलाई भाइटीका लगाइदिएको भिडियो पोस्ट गरेकी छन् । क्याप्सनमा लेखिएको छ, ‘ दाजु बहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज ।’
‘ह्याप्पी भाइटीका’ भन्दै उनले प्रशंसकलाई तिहारको शुभकामना दिएकी छन् । अमेरिकामा छँदै उनीहरूले दाजुभाई भएको प्रमाणित गर्न तिहार गीत ल्याएका थिए ।
प्रतिक्रिया 4