News Summary
Generated by OK AI. Editorially reviewed.- गायिकाद्वय कला लम्साल र एलिना चौहानबीच सिक्री विवादले सामाजिक सञ्जालमा कडा जवाफ-प्रतिक्रिया भएको छ।
- कलाले एलिनालाई किड्नी किन्न सक्ने पैसा कमाएको भन्दै मनको शान्ति किन नकिन्ने प्रश्न उठाएकी छन्।
- एलिनाले खुट्टा तान्ने धेरै छन् भन्दै अघि बढिरहने प्रतिक्रिया दिएकी छन्।
काठमाडौं । पछिल्लो ‘सिक्री’ विवादमा गायिकाद्वय कला लम्साल र एलिना चौहानबीचको विवाद झनै चर्किएको छ । केही दिनअघि एलिनाले सामाजिक सञ्जालको भिडियोमार्फत लम्सालको हालैको एक युट्युब अन्तर्वार्ताबारे धारणा राखेकी थिइन् ।
आफ्नो सिक्री लगाएर एलिनाले आफ्नै कुरा काटेको कुरा कलाले बताएकी थिइन् । त्यो भिडियोलाई एलिनाले सार्वजनिक गरिदिएकी थिइन् । आफूलाई चोरजस्तो बनाएको भन्दै एलिनाले गुनासो गरेकी थिइन् ।
त्यसको केही दिनपछि कलाले सामाजिक सञ्जालबाटै एलिनालाई कडा जवाफ दिएकी छन् । कलाले लेखेकी छिन् ‘हुन त तीतो लाग्ला तर दिदीको नाताले भन्छु- मेरो किड्नी नै किन्न सक्ने पैसा कमाइछौ । भौतिक सुख त किनौली तर मनको शान्ति ???’
कलाले यो विवादलाई मलजल गरेर आफूलाई पीडा दिन बन्द गर्न आग्रह गरेकी छन् । ‘म आग्रह गर्दछु । हामी दुबै जनाले अझ थुप्रै राम्रा गीतहरू यहाँहरू माझ पस्कनुछ । यस्ता कुरामा प्लिज। नअल्झाइदिनुस् ।’
आफूले भिडियोमा एलिनाको नाम नलिइकनै गलत आशयले सिक्रीको कुरा नगरेको पनि प्रष्टीकरण दिएकी छन् । आफ्नो सिक्रीसँग भावनात्मक सम्बन्ध गाँसिएको बताउँदै कलाले एलिनाले आफ्नो सिक्री लगाएर अन्तर्वार्ता दिँदा आफू अचम्मित भएको कुरा पनि उल्लेख गरेकी छन् ।
कलाको स्टाटस आएलगत्तै एलिनाले पनि उनी लक्षित स्टाटस लेखेकी छन् । उनी लेख्छिन्, ‘खुट्टा तान्ने धेरै छन् । अघि बढरहन्छु झन् ।’
हालै एलिना र कलाले एकसाथ अमेरिकाको सांगीतिक टूर गरेका थिए । टूरको बीचमै बिरामी भएपछि कला घर फर्किएकी थिइन् । त्यतिबेला पनि एलिनाले आयोजकको साथ दिएको आरोप कलाको छ । त्यसबेला देखि नै यी दुई गायिकाबीच मनमुटाव चर्किएको हो ।
प्रतिक्रिया 4