News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहानले मंसिर र पुस महिनाको लागि देश तथा विदेशमा गर्ने सांगीतिक टूर र कन्सर्टको मिति सार्वजनिक गरेकी छिन्।
- उनको टूर सोमबार इटहरी महोत्सवबाट सुरु हुनेछ र २४ देखि २९ मंसिरसम्म विभिन्न महोत्सवमा प्रस्तुति दिने कार्यक्रम तय छ।
- क्यानडा टूर अन्तर्गत उनले डिसेम्बर २० देखि ३१ सम्म विभिन्न शहरमा प्रस्तुति दिनेछिन् र पुसमा नेपाल फर्किएपछि महोत्सवमा सहभागी हुने छिन्।
काठमाडौं । गायिका एलिना चौहानले मंसिर र पुस महिनाको लागि सांगीतिक लाइनअपको घोषणा गरेकी छन् । सामाजिक सञ्जालबाट उनले यी दुई महिनामा देश तथा विदेशमा गर्ने टूर र कन्सर्टको मितिबारे जनाएकी हुन् ।
सोमबार इटहरी महोत्सवमा प्रस्तुति दिँदै उनको टूर सुरु हुनेछ । २४ मंसिरमा अम्बासी मिनी महोत्सव, २५ मंसिरमा झापा, २६ मंसिरमा धरान एक्स्पो, २७ मंसिरमा उदयपुर कटारी महोत्सवमा कार्यक्रम तय छन् ।
२८ मंसिरमा जोगबुढा महोत्सव २९ मंसिरमा बेल्टार महोत्सव हुनेछन् । १ पुसमा कोहलपुर महोत्सवमा उनी गुञ्जिने तय भएको छ ।
२ पुसमा उनी क्यानडा टूरमा निस्कनेछिन् । २० डिसेम्बरमा ओन्टारियोको मिसिसाउगा हान्सा हाउसमा उनले प्रस्तुति दिने तय छ । २३ डिसेम्बरमा क्याम्ब्रिजको स्याफ्रोन, २४ डिसेम्बरमा ओन्टारियोको लुम्बिनी हक्स, २६ डिसेम्बरमा एडमन्टन, २७ डिसेम्बरमा क्यालगरी र ३१ डिसेम्बरमा मोन्टेरियलमा प्रस्तुति दिनेछिन् ।
क्यानडाबाट फर्किएपछि २० पुसमा अत्तरिया महोत्सव, २६ पुसमा वीरेन्द्रनगर ह्याप्पी महोत्सवमा प्रस्तुति दिने उनले जनाएकी छिन् ।
प्रतिक्रिया 4