
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री उषा रजकले सामाजिक सञ्जालमा सारुक ताम्राकारको दोस्रो मृत्युसंस्कारमा पीडा व्यक्त गरेकी छन्।
- उनले भिडियोमा सम्बन्धभित्रको नियन्त्रण र म्यानिपुलेसनलाई गम्भीर समस्या भन्दै आत्महत्यासम्म पुग्न सक्ने आशंका व्यक्त गरेकी छन्।
- उषाले मानसिक तनाव र अपराधबोधले आफ्नो अवस्था झनै कठिन भएको बताउँदै, आत्मा शान्तिको लागि ध्यान र वेद–पुराण अध्ययन गरेको जानकारी दिइन्।
काठमाडौं । अभिनेत्री उषा रजकले दिवंगत अभिनेता सारुक ताम्राकारको दोस्रो ‘डेथ एनिभर्सरी’मा भावुक हुँदै सामाजिक सञ्जालमार्फत गहिरो पीडा पोखेकी छन् ।
उनले साझा गरेको ८ मिनेट लामो भिडियोमा सारुकको सम्झनामा आँसु बगाएकी छन् । सारुकको मृत्युपछि आफू गहिरो डिप्रेसनमा गएको बताउँदै उनले मृत्युप्रति पनि आशंका व्यक्त गरेकी छन् ।
भिडियोमा कुनै व्यक्तिको नाम उल्लेख नगरे पनि सारुकको सम्बन्धमा रहेको पार्टनरले अत्यधिक नियन्त्रण गरेको, आफन्त र साथीभाइबाट टाढा बनाएको जस्ता संकेत दिँदै यस्तो स्थितिमा मानसिक तनावले आत्महत्यासम्म पुर्याएको हुनसक्ने अनुमान रजकको छ ।
आफूले पनि विगतमा त्यस्ता अनुभव भोगेको बताउँदै उनले सम्बन्धभित्रको ‘म्यानिपुलेसन’ र ’कन्ट्रोल’लाई गम्भीर समस्या भन्दै स्वार्थीपनाको संज्ञा दिएकी छन् ।
आफूले सारुकका लागि केही गर्न नसकेकोमा पछुतो लागेको र त्यही अपराधबोधले गर्दा अहिलेको मानसिक अवस्था झनै कठिन बनेको उनले बताएकी छन् । ध्यान र वेद–पुराणको अध्ययनमार्फत आफूले सारुकको आत्मा शान्त र सुरक्षित स्थानमा भएको महसुस गरेको उनले भिडियोमा बताएकी छन् ।
दुईवर्षअघि अभिनेता तथा मोडल ताम्राकार रातोपुलस्थित घरमा मृत भेटिएका थिए । अभिनेत्री रजकले यस प्रसंगलाई पुनः उठाउँदै व्यक्तिगत सम्बन्धका कारण उत्पन्न मानसिक दबाबका मुद्दालाई गम्भीरताका साथ उठाएकी छन् ।
उषाले केही दिनअघि पनि सन् २०२३ मा पोस्ट गरेको फेसबुक फोटोलाई पुनः सेयर गरेकी छन् ।
उषाले इकु, कुसुमे रुमाल २, कठ्पुतलीजस्ता फिल्ममा अभिनय गरेकी छन् । सारुकले भने मेरी मामु, रानी, इन्टुमिन्टु लण्डनमा जस्ता फिल्ममा अभिनय गरेका छन् ।
प्रतिक्रिया 4