+
+
Shares

लभमाथि खनिए दर्शक : स्काउटसँगको विवादलाई भने, ‘अटेन्सनका लागि नाटक’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बिग बोस २०’ मा स्काउट ओपी र लभ गिलबीच भनाभन भएपछि लभको रिसाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • दर्शकहरूले लभमाथि सहानुभूति बटुल्न विवाद बढाएको र नाटक गरेको आरोप लगाएका छन्।
  • यसअघि यङबीचको झगडापछि बिग बोसले स्काउटलाई पूरै सिजन मनोनयनमा राखेर कप्तान र लाइफलाइनबाट वञ्चित गरेको थियो।

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा पछिल्लो समय विवाद र झगडाको शृङ्खला चलिरहेको छ ।

गेमिङ क्रिएटर स्काउट ओपी र यङबीचको झगडाले चर्चा पाइरहेका बेला अभिनेत्री लभ गिल पनि स्काउटसँगको विवादका कारण चर्चामा आएकी छन् ।

पछिल्लो एपिसोडमा स्काउट र लवबीच भनाभन भएको थियो । कुराकानीकै क्रममा लभले आफूले केही गर्दा आफ्नो चरित्रमाथि प्रश्न उठाइने गरेको आशय व्यक्त गरेकी थिइन् ।

उनले ‘साला क्यारेक्टर ढिला है’ भनेपछि स्काउटले पनि जवाफ दिएका थिए ।

तर, स्काउटको जवाफ उनलाई मन परेन । त्यसपछि उनी रिसाएको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियो सार्वजनिक भएपछि दर्शकहरू भने लभकै व्यवहारमाथि प्रश्न उठाइरहेका छन् ।

सहानुभूति बटुल्न खोजेको आरोप

सामाजिक सञ्जाल एक्समा केही प्रयोगकर्ताले लभको प्रतिक्रियालाई नाटकको संज्ञा दिएका छन् । उनीहरूका अनुसार स्काउटले सामान्य मजाक गरेका थिए र त्यसबेला लव आफैं पनि हाँसिरहेकी थिइन् ।

तर, काजी र गुल्लूले यस विषयमा प्रश्न उठाएपछि उनी अचानक रिसाएको उनीहरूको दाबी छ ।

एक प्रयोगकर्ताले स्काउटले मजाक गर्दा लभ हाँसिरहेको तर अरूले प्रश्न गरेपछि स्काउटसँग झगडा गर्न थालेको टिप्पणी गरेका छन् । अर्का प्रयोगकर्ताले लभले दर्शकको ध्यान खिच्न विवादलाई ठूलो बनाएको आरोप लगाएका छन् ।

केहीले त लभले सहानुभूति बटुल्न खोजेको भन्दै आलोचना गरेका छन् ।

यता, केही दर्शक भने स्काउटको समर्थनमा उत्रिएका छन् । उनीहरूले शोभित्र स्काउटले धेरै कुरा सहनुपरेको र आफूले साथी ठानेका व्यक्तिहरूले नै पछाडि कुरा काट्न थालेको टिप्पणी गरेका छन् ।

यसअघि पनि स्काउट र यङबीच चर्काचर्की भएको थियो । उक्त विवादपछि बिग बोसले स्काउटलाई पूरै सिजनका लागि मनोनयनमा राख्ने निर्णय गरेको थियो ।

साथै, उनी अब सिजनभर कप्तान बन्न र लाइफलाइन पाउन नसक्ने सजायसमेत पाएका छन् । यसरी बिग बोसको घरभित्रको विवादले अहिले प्रतियोगीबीचको सम्बन्धसँगै सामाजिक सञ्जालमा पनि बहस सिर्जना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?