News Summary
Generated by OK AI. Editorially reviewed.- मोडल तथा अभिनेत्री गरिमा शर्माले आफू ‘मिंगल रिलेसिनसिप’ मा रहेको कुरा फेसबुक पोस्टमार्फत सार्वजनिक गरिन्।
- उनले प्रेम प्रस्ताव स्वीकारेकी र ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गरिन्।
- उनले प्रेमीको बारेमा जानकारी नदिई रहस्यमय बनाएर प्रशंसकमा जिज्ञासा बढाइन्।
काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा अब सिंगल रहिनन् । उनले आफू ‘मिंगल रिलेसिनसिप’ मा रहेको कुरा सार्वजनिकरुपमै बताएकी छन् । आइतबार राती ११ बजेतिरको फेसबुक पोस्टमार्फत गरिमाले आफ्नो रिलेसनसिप स्टाटस खुलाएकी हुन् ।
आफूले प्रेम प्रस्ताव स्वीकारेको र ‘प्रमिस रिङ’ लगाएको फोटो उनले सेयर गरेकी छिन् । ‘उसले प्रस्ताव राख्यो र मैले हुन्छ भनेँ । प्रमिस रिङ’ क्याप्सनमा उल्लेख छ ।
उनले यसबारे जानकारी दिन ४ वटा इमोजी प्रयोग गरेकी छन् । जसमा रिङ, रेड हार्ट, नजर एमुलेट र स्पार्कल्स छन् । टर्कीको संस्कृतिमा नजर एमलुेटको अर्थ हुन्छ कसैको खराब आँखा नलागोस् । स्पार्कल्सको अर्थ हुन्छ, अन्य ताराहरूले घेरिनु ।
फोटोमा गरिमाका प्रेमीको हात मात्र देखाइएको छ । हातमा ‘गरिमा’ नामको ट्याटु खोपिएको छ ।
इन्स्टाग्राममा क्याप्सन छ, ‘अन्ततः प्रेममा परेँ र त्यो देखियो ।’ उनले आफ्ना प्रेमीबारे जानकारी दिएकी छैनन्, जसले गर्दा प्रशंसकलाई ती रहस्यमय युवा को हुन् भन्ने जिज्ञासा छ ।
प्रतिक्रिया 4