News Summary
Generated by OK AI. Editorially reviewed.- मोडल तथा अभिनेत्री गरिमा शर्माले आठ वर्षदेखि प्रेम सम्बन्धमा रहेको अञ्जन पौडेललाई सामाजिक सञ्जालमार्फत चिनाएकी छन्।
- गरिमा शर्माले इन्स्टाग्राममा प्रेमीसँगका तीन फोटो पोस्ट गर्दै विद्यालयदेखिको प्रेम भएको उल्लेख गरेकी छन्।
- गरिमा र अञ्जन दुवैले रत्ननगरस्थित स्काईराइडर कलेजमा अध्ययन गरेका थिए र अञ्जन हाल अष्ट्रेलियामा बसोबास गर्दै छन्।
काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्माले गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको घोषणा गरिन् । त्यतिबेला उनले प्रेमीलाई गुपचुप राखेर फ्यानलाई सरप्राइज दिएकी थिइन् ।
उनको रहस्यमय प्रेमीबारे धेरै अड्कलबाजी पनि भए । आइतबार बेलुका भने उनले आफ्ना प्रेमीलाई सामाजिक सञ्जालमार्फत चिनाएकी छन् ।
उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन फोटो पोस्ट गर्दै लेखेकी छन्, ‘हामी त्यतिबेला भर्खरैका केटाकेटी थियौं । अब भने हामी केही वास्तविक बनाउँदैछौं । विद्यालयदेखिको प्रेम ।’
गरिमाले प्रेमीको नाम उल्लेख नगरेपछि धेरैजनाले कमेन्टमा ती युवकको नाम मेन्सन गर्दै दुबैलाई बधाइ दिइरहेका छन् । ती युवकको नाम हो- अञ्जन पौडेल । ८ वर्षदेखि यी दुईजना प्रेम सम्बन्धमा रहेको स्रोत बताउँछ ।
चितवन स्थायी घर भएका उनीहरू दुवैले रत्ननगरस्थित स्काईराइडर कलेजमा साथै अध्ययन गरेका थिए । अञ्जन टाँडी निवासी हुन् भने गरिमा भरतपुरकी । अञ्जन अहिले अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
म्युजिक भिडिओबाट लोकप्रियताको शिखर चुमेकी गरिमाले फिल्म ‘लण्डन टु पेरिस’ मार्फत नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । गरिमाले आधिकारिक रूपमा सम्बन्ध खुलासा गरेपछि उनलाई प्रशंसकले बधाइ र शुभकामना दिइरहेका छन् ।
View this post on Instagram
प्रतिक्रिया 4