
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको नाटक 'आवर्ती' मण्डला थिएटरमा शुक्रबारदेखि १५ भदौसम्म मञ्चन भइरहेको छ।
- निर्देशक सम्राट भुजेलले नाटकलाई जन्म र मृत्युपछिको आत्माको खोजको कथा भनेका छन्।
- नाटकमा गरिमा शर्मासहित प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दिपेश गजुरेलले अभिनय गरेका छन्।
काठमाडौं । अभिनेत्री तथा मोडल गरिमा शर्माको शीर्ष भूमिका रहेको नाटक ‘आवर्ती’को मञ्चन शुक्रबारदेखि मण्डला थिएटरमा सुरु भएको छ ।
सम्राट भुजेल निर्देशित नाटकको मञ्चन १५ भदौसम्म मञ्चन हुनेछ ।
दर्शकका लागि शुक्रबार बेलुका पहिलोपटक अभिनय गरेपछि गरिमाले अनलाइनखबरसँग भनिन्, ‘मेरो लागि यो नाटक नयाँ अनुभव हुनेछ । अभिनय क्षमतालाई निखार्ने अवसरको रुपमा मैले लिएकी छु ।’
जन्म र मृत्युपछिको आत्माको खोजको कथामा नाटकले दर्शकलाई प्रेमको रोमाञ्चक कथा पनि भन्छ । ‘हाम्रो लेखान्त आत्माबाटै भएर आएको हुन्छ । यो आत्माको खोजको कथा हो’ निर्देशक भुजेलले भने ।
कोशा आट्र्सले मण्डलासँगको सहकार्यमा नाटक प्रस्तुत गरेको हो । गरिमासहित नाटकमा प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दिपेश गजुरेलको अभिनय छ ।
प्रतिक्रिया 4