८ माघ, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह गरेको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने उद्देश्यका साथ प्रशासनले हातहतियार बुझाउन भनेको हो ।
प्रशासनले सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार तथा खरखजाना १५ माघभित्र जिल्ला प्रहरी कार्यालय डोल्पा वा नजिकैको प्रहरी चौकीमा बुझाउन भनेको छ ।
निर्वाचनको समयमा हुने सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको र सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा हातहतियार खरखजाना ऐन, २०१९ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले जानकारी दिए ।
आगामी निर्वाचनलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन सबै सरोकारवाला सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4