+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

माओत्सेले टुंग्याए ‘पेन्सन पट्टा’ छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता माओत्से गुरुङ निर्देशित फिल्म 'पेन्सन पट्टा' को ३३ दिनको छायांकन मंगलबार नारायणगढ बजारमा सकिएको छ।
  • निर्देशक गुरुङले अब पोस्ट-प्रोडक्सन सुरु हुने र त्यसपछि रिलिज मिति घोषणा गरिने बताए।
  • फिल्ममा दयाहाङ राई, सुनिल थापा लगायतको अभिनय छ र कथा माओत्से गुरुङले नै लेखेका हुन्।

पोखरा । अभिनेता माओत्से गुरुङ निर्देशित र निर्मित फिल्म ‘पेन्सन पट्टा’ को छायांकन सकिएको छ । मंगलबार नारायणगढ बजारको दृश्य खिच्दै ३३ दिनको तालिका टुंगिएको हो ।

छायांकन अवधिमा साथ दिने सबै प्राविधिकलाई धन्यवाद दिँदै निर्देशक गुरुङले अब आफूहरू सम्पादन कार्यमा अघि बढेको बताए । अहिलेसम्म प्रदर्शन मिति तय छैन ।

‘अबको केही दिनमा पोस्ट-प्रोडक्सनको काम सुरु हुनेछ । त्यसमा कति समय लाग्छ । सोही अनुसार रिलिज मिति घोषणा गनेछौं,’ निर्देशक गुरुङले भने, ‘हामी दर्शकलाई एक सुन्दर सिनेमा देखाउन चाहन्छौं । सोही अनुरुप कुनैपनि कम्प्रमाइज नगरी काम गर्दा कति समय लाग्छ हेरम ।’

गुरुङको पनि लगानी रहने फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, राज थापा काउचा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईको अभिनय छ ।

लोभी केटा कसरी दानी बन्छ भन्ने कथावस्तुमा फिल्म निर्माण भएको हो । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।

मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ र सपना गुरुङको लगानी हुने फिल्मका निर्माण नियन्त्रक डीबी गुरुङ हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा सुरज तमु कास्टिङ निर्देशक, संगीत निर्देशकमा झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइली छन् ।

माओत्सेको डेब्यू निर्देशकीय नेपाली भाषाको फिल्म ‘दयारानी’ बक्सअफिसमा हिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?