News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन्।
- रुबिनाले नेदरल्यान्ड्ससँगको खेलमा अविजित ३७ रन बनाएपछि १००० रनको उपलब्धि हासिल गरेकी हुन्।
- उनी ८१ खेलमा १००५ रन बनाएकी छन् र दोस्रो नेपाली खेलाडी हुन् जसले यो उपलब्धि हासिल गरेकी छन्।
८ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।
बिहीबार नेदरल्यान्ड्ससँग भएको खेलमा अविजित ३७ रन बनाएपछि रुबिनाको १००० रन पूरा भएको हो ।
उनी १००० रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि इन्दु बर्माले १००० रन पूरा गरेकी थिइन् । रुबिनाको ८१ खेलमा १००५ रन भएको छ ।
खेलमा नेपाल भने २ रनले पराजित भयो । खेलपछि कुरा गर्दै रुबिनाले जित निकाल्न नपाएकाले १००० रनको कोशेढुंगा पार गर्दा पनि खुसी नलागेको प्रतिक्रिया दिइन् ।
नेपाली महिला खेलाडीहरूमा इन्दु बर्माको सर्वाधिक १०५३ रन छ । रुबिनापछि सीता रानामगरको ६५ खेलमा ९९२ रन छ ।
२० को औसतमा रन बनाएकी रुबिनाले हालसम्म एक शतक र एक अर्धशतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ११८* को छ ।
प्रतिक्रिया 4