News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको सप्तरी जिल्ला छनोटमा कंकालिनीका अमित कुमार यादवले १७५ बलमा २७८ रनको दोहोरो शतक प्रहार गरे।
- अमितले ३८ चौका र १२ छक्का प्रहार गर्दै कंकालिनीलाई ४७ ओभरमा ३९४ रनमा अलआउट गराए।
- लोहजराले अहिले जवाफी ब्याटिङ गर्दैछ।
८ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको सप्तरी जिल्ला छनोटमा कंकालिनी सप्तरीका ब्याटर अमित कुमार यादवले दोहोरो शतक प्रहार गरेका छन् ।
बिहीबार भइरहेको लोहजरा सप्तरीविरुद्धको खेलमा ओपनिङ गरेका अमितले १७५ बलमा २७८ रनको शानदार पारी खेलेका हुन् । यस क्रममा उनले ३८ चौका र १२ छक्का प्रहार गरे ।
उनको दोहोरो शतक मद्दतमा कंकालिनीले ४७ ओभरमा अलआउट हुँदै ३९४ रन बनायो ।
अहिले लोहजराले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया 4