+

नेपालले श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्दै

२०८२ माघ  ८ गते ६:४५ २०८२ माघ ८ गते ६:४५
नेपालले श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप तयारीका लागि आज श्रीलंका 'ए' सँग दोस्रो अभ्यास खेल खेल्दैछ।
  • नेपाल र श्रीलंका 'ए' बीचको दोस्रो अभ्यास खेल दिउँसो सवा २ बजे कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ।
  • नेपालले पहिलो अभ्यास खेलमा ६ विकेटले पराजित भएको थियो र फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग विश्वकप खेल्नेछ।

८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज दोस्रो अभ्यास टी-२० खेल खेल्दै छ ।

नेपाल र श्रीलंका ‘ए’ बीचको अभ्यास खेल दिउँसो सवा २ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ ।

यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । त्यस खेलमा नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका ‘ए’ ले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको तेस्रो खेल शनिबार हुनेछ ।

त्यसपछि टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय