+

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

२०८२ माघ  ८ गते ६:१५ २०८२ माघ ८ गते ६:१५
महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह 'बी' अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्दैछ।
  • नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डसँग हारेको छ भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ।
  • नेपालले समूह चरणबाट अगाडि बढ्न बाँकी ३ खेलमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ भने नेदरल्यान्ड्सलाई एक जितले पनि अघिल्लो चरण पुग्नेछ।

८ माघ, काठमाडौं । काठमाडौंमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।

समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ ।

महिला टी-२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ । नेपालले नेदरल्यान्ड्ससँग हालसम्म ३ खेल खेल्दा ३ वटै खेलमा पराजित भएको छ ।

समूह चरणबाट अगाडि बढ्न नेपालले बाँकी ३ वटा खेलमध्ये कम्तीमा पनि २ वटा खेल जित्नुपर्ने अवस्था छ । नेदरल्यान्ड्स भने अब एक जितले मात्र पनि अघिल्लो चरणमा पुग्नेछ ।

नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी, राजमती ऐरी

नेपाली महिला क्रिकेट टोली महिला टी-२० विश्वकप ग्लोबल छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय