+
+
Shares

अमेरिकामा रोमान्टिक धुर्मुस-सुन्तली, किन भैरहेको छ टिकटकमा चर्चा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार जोडी सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' छोरीको उपचारका लागि अमेरिका गएका छन्।
  • धुर्मुसले २६ मंसिरमा फेसबुकमा आफूहरू भागेर अमेरिका नआएको र ग्रीनकार्ड लिएको खुलाएका थिए।
  • कुञ्जनाले टिकटकमा रोमान्टिक भिडियोहरू पोस्ट गरिरहेकी छन्, जसले सामाजिक सञ्जालमा विभाजित प्रतिक्रिया पाएको छ।

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अहिले अमेरिकामा छन् । ग्रीनकार्ड लिइसकेका धुर्मुस–सुन्तलीले छोरीको उपचारको लागि अचानक अमेरिका जानुपरेको बताएका थिए ।

नेपालमा ब्यापक खोजी गरिएपछि सुटुक्क अमेरिका हानिएका धुर्मुस-सुन्तलीले निकै लामो बकपत्र फेसबुकमा पोस्ट गरे । जहाँ, क्रिकेट रंगशाला बनाउँदा लागेको ऋण तिर्न सरकारले स्वामित्व नलिएको देखि धेरै कुरा उल्लेख थिए ।

यतिबेला धुर्मुस-सुन्तली पुनः चर्चामा छन् । चर्चामा आउनुको कारण हो- कुञ्जनाले आफ्नो टिकटक एकाउन्टमा एकपछि अर्को गरि रोमान्टिक भिडियो पोस्ट गरिरहेकी छिन् ।

क्रिसमस सेलिब्रेसनदेखि अमेरिकी सडकमा रमाउँदै हिँडेको टिकटक भिडियो उनीहरूले पोस्ट गरिरहेका छन् । ‘यस्तै होला माया भन्ने…’ गीतमा कुञ्जनाले बनाएको भिडियोमा उनीहरू प्रफुल्ल हुँदै रमाएको देख्न सकिन्छ ।

‘हरेक सुखदुःखमा साथ साथ हुन पाइएको छ बुढु, त्यसैमा चित्त बुझाउनुपर्छ । मेरी क्रिसमस’ कुञ्जनाले सीतारामलाई क्रिसमस शुभकामना दिँदै लेखेकी छिन् ।

अर्को टिकटक भिडियोमा परिवारसहित क्रिसमसका व्यञ्जन तयार पार्न लागेको भिडियो छ । अर्को भिडियोमा छोरी सुविहानीले गाउन सिक्दै गरेको भिडियो हालिएको छ ।

कुञ्जनाले धमाधम पोस्ट गरिरहेका यी टिकटक भिडियोलाई लिएर सामाजिक सञ्जालका प्रयोगकर्ता विभाजित देखिन्छन् । अधिकांशले विशेष परिस्थितीमा अमेरिका पुगेका धुर्मुस सुन्तलीले परिस्थिती एकातिर उनीहरूको रोमान्स अर्कोतिर भन्दै टिप्पणी गरिरहेका छन् ।

अन्यले, धुर्मुस सुन्तलीसँग रमाउने र खुसी हुने अधिकार रहेको र उनीहरू आफ्नो तरिकाले बाँच्न पाउनुपर्ने तर्क गरिरहेका छन् । यी तर्कहरूको बीच, कुञ्जनाले एकपछि अर्को गरि टिकटक भिडियो ल्याइरहेकी छिन् ।

२६ मंसिरमा बकपत्र नामको स्टाटस लेख्दै धुर्मुसले आफूहरू भागेर अमेरिका नआएको जनाउँदै ग्रीनकार्ड लिएको खुलाएका थिए ।

@ghimirekunjana7 हरेक सुख दुखमा साथ साथ हुन पाइएको छ बुढु त्यसमै चित्त बुझाउनुपर्छ ❤️Merry Christmas #kunjanaghimire7 #hereimthereur #foryoupage ♬ original sound – pujaRL🧿🦚🇳🇵

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?