+
+
Shares

‘सिमसिमे पानीमा’की गायिका लेख्छिन्- ढुंगालाई ढुंगाकै ठाउँमा छाडिदिनुस

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १४:२०

काठमाडौं । गायिका रेखा शाह गायनसँगै समाजसेवामा सक्रिय छिन् । ‘सिमसिमे पानीमा’ गीतबाट उनलाई देश तथा विदेशमा चिन्नेहरू धेरै छन् । १५ वर्षको उमेरमै उनले गाएको त्यो गीतमार्फत धेरै श्रोताको मन जितिन् ।

गायनबाहेक रेखा समाजसेवा र व्यवसायमा पनि उत्तिकै सक्रिय छिन् । विभिन्न समसामयिक मुद्दामा आफ्नो धारणा राख्दै उनी बेला बेलामा प्रशंसक नजिक पनि हुन्छिन् । आफ्नो विचार र गतिविधि पनि बेला बेलामा सामाजिक संजालमार्फत सेयर गर्दै आइरहेकी हुन्छिन् ।

केही दिनअघि रेखाले एउटा स्टाटस फेसबुकमा लेखिन् जसको चर्चा यतिबेला भैरहेको छ । उनले लेखेकी छिन्, ‘ ढुङ्गालाई ढुङ्गाकै ठाउँमा छाडिदिनुहोस् । मूर्ति बनाएपछि आफैँले शिर निहुराउनुपर्छ !’ उनको यो पोस्टमा अभिनेत्री श्वेता खड्का लगायतले लाइक गरेका छन् भने प्रशस्तै कमेन्ट छन् ।

उनले कसैप्रति असन्तुष्टि जनाउँदै यो स्टाटस लेखेको बुझ्न सकिन्छ । उनको यो पोस्टमा सामाजिक संजाल प्रयोगकर्ताले विभिन्न थरी टिप्पणी गरिरहेका छन् । कतिले समर्थन जनाएका छन् भने कतिपयले असहमति ।

रेखा पछिल्लो समय रेखा शाह फाउण्डेसनमार्फत समाजसेवामा सक्रिय छिन् । रेखाले पछिल्लो तीजमा ‘छमछमी नाचौं न’ बोलको गीत ल्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?