+
+

इन्डस्ट्रीमा धेरै को टिक्छ भन्दै दुर्गेशले कसलाई दिए चुनौती ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १३:०३

काठमाडौं । मोडल तथा संगीतकर्मी दुर्गेश थापाको व्यस्तता यतिबेला बढ्दो छ । उनी बेलाबेलामा सामाजिक सञ्जालमा ट्रोल पनि हुन्छन् । उनले हालै फिल्म ‘ह्रस्व दीर्घ’को एक गीत कम्पोज गरे, जसको चर्चा पनि चल्यो ।

यसबाहेक उनी विभिन्न महोत्सवमा व्यस्त छन् । यसैसाता उनले कपिलवस्तुको गोरुसिंगेमा आयोजित महोत्सवमा सांगीतिक प्रस्तुति दिए । दर्शकको बाक्लो उपस्थिति रहेको महोत्सवलाई उनले आफ्नो गीतको प्रचार र आफ्ना प्रतिस्पर्धीलाई कटाक्ष गर्ने मेसोको रुपमा समेत प्रयोग गरे ।

सो अवसरमा उनले नेपाली इन्डस्ट्रीमा आफ्ना दुश्मन धेरै रहेको र दुश्मनले आफूलाई हेरेको हेर्‍यै गरेको भन्दै व्यंग्य पनि गरे । उनले यो निशाना कता सोझाएका हुन् भन्ने खुलाएनन् ।

दुर्गेशले प्रस्तुतिको क्रममा भने, ‘दुर्गेश थापा यस्तो स्टेज चढ्या छ, प्लेन चढ्या छ । गीत गा’छ । आमाहरूलाई नचा छ । दुश्मन के त– हेरेको हेर्‍यै । हेर्दै जा भाइ, आजभोलि फिल्मतिर दुर्गेशको गीत बिक्छ । हेर्दै जा भाइ, इन्डस्ट्रीमा को चाहिं धेरै टिक्छ ? खर्च भएर यहाँ चर्चा भएको छ । हामी गाडी गुडाउँदै, धुलो उडाउँदै यस्तै छ पारा, मेरो दुश्मन छ धेरै, दुश्मन मलाई हेरेको हेर्‍यै ।’

उनले सुनाएका वाक्यहरु उनको आगामी गीतको शब्द हुनसक्ने अनुमान छ । तर उनले गीतमार्फत इन्डस्ट्रीभित्रै कोहीलाई लक्षित गरेको बुझ्न कठिन छैन । उनले खुलेआम इन्डस्ट्रीमा को धेरै टिक्छ भनेर चुनौती पनि दिएका छन् ।

दुर्गेशले टिकटकमा उक्त महोत्सवका भिडियो क्लिप पनि सेयर गरिरहेका छन् । उनको पछिल्लो फेसबुक पोस्ट हेर्दा दुर्गेशले ‘दुश्मनले हेरेको हेर्‍यै’ गीत ल्याउन लागेको अनुमान गर्न सकिन्छ । गायिका एलिना चौहानसँगको स्टुडियो डायनामिक रेकर्ड स्टुडियोको फोटो हेर्दा उनले यो गीत रेकर्ड गरिसकेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?