+
+
Shares

बुढ्यौलीको मजाक उडाउने ट्रोलरलाई बिग बीको दिए झटारो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १४:५२

बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उमेरले ८० वर्ष पार गरिसक्दा पनि उनी आफ्ना प्रशंसकसँग जोडिन एक्स (ट्विटर) र ब्लगमार्फत नियमित रूपमा आफ्ना विचार तथा अनुभव साझा गरिरहेका हुन्छन् ।

तर, उनको यही सक्रियतालाई लिएर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक टिप्पणी गर्ने गरेका छन् । विशेषगरी राति अबेरसम्म पोस्ट गर्ने गरेको भन्दै उनलाई उमेरलाई लिएर ट्रोल गरिन्छ ।

यस्तै, टिप्पणी गर्नेहरूलाई अमिताभले यसपटक आफ्नै शैलीमा जवाफ दिएका छन् । उनले हालै आफ्नो ब्लगमा उमेरलाई लिएर गरिने टिप्पणीप्रति असन्तुष्टि जनाउँदै ट्रोलरलाई व्यङ्ग्यात्मक जवाफ दिएका हुन् ।

आधी रातमा लेखे कविता

नोभेम्बर २३ मा सार्वजनिक गरेको ब्लगको सुरुवात अमिताभले कवितात्मक पङ्क्तिबाट गरेका छन् । उनले रातको समय, पुराना सम्झना र एक्लोपनको भाव समेटिएको कविता लेखेका छन् ।

उनले लेखेका छन्, ‘रात आधी भइसकेको छ, म आँखा उघारेर जागिरहेको छु । पुराना सम्झनाको सहारामा बितिरहेको यो रातको पछिल्लो प्रहरको चाँदनी पनि निदाइसकेकी छ ।’

कवितापछि उनले आफूलाई राति अबेरसम्म सामाजिक सञ्जालमा सक्रिय भएको भन्दै टिप्पणी गर्नेहरूको प्रसंग उठाएका छन् ।

‘हो बेटा, बूढो भएँ, तिमी पनि हुनेछौ’

अमिताभले आफ्नो उमेरलाई लिएर ट्रोल गर्नेहरूलाई जवाफ दिँदै लेखेका छन्, ‘उनीहरू मलाई भन्छन्, ए बुढ्यौ, सुत्नुस्, रात परिसक्यो । सठियाउनुभयो कि क्या हो ? हो बेटा, बूढो भएँ । यदि तिमी पनि त्यहाँसम्म पुग्न सक्यौ भने एक दिन तिमी पनि बूढो हुनेछौं ।’

उनको यो जवाफले उमेरलाई लिएर गरिने नकारात्मक टिप्पणीप्रति असन्तुष्टि मात्र व्यक्त गर्दैन, बुढ्यौली जीवनको स्वाभाविक प्रक्रिया हो भन्ने सन्देश पनि दिन्छ ।

८० वर्ष पार गरिसक्दा पनि काम र सामाजिक सञ्जालमा सक्रिय अमिताभको यो जवाफ अहिले सामाजिक संजाल तातेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?