
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको विवाह ८ महिनामै टुटेको छ।
- युवराजले टिकटक लाइभमा आफ्नो सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेको बताएका छन्।
- अरुणिमाले अमेरिकाबाट नेपाल आएर वारेसमार्फत डिभोर्सको मुद्दा दायर गरेकी थिइन्।
काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच डिभोर्स भएको छ । विवाहको ८ महिनामै यी दुईजनाबीच डिभोर्स भएको हो ।
टिकटक लाइभमा आएर युवराजले बैशाख २८ गते आफूले सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेको बताएका हुन् । यसअघि उनले डिभोर्स पेपरमा साइन गर्न नमानेको विवरण आएका थिए ।
उनले भने, ‘मैले बैशाख २८ गते दिनको ४ बजेर १० मिनेटमा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ अदालतमा । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ । मेरो छुट्टिनु थियो छट्टियो, सक्कियो । बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ ।’
अरुणिमाले बैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत सुनसरी जिल्ला अदालतमा डिभोर्सको मुद्दा दायर गरेकी थिइन् ।
युवराज बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । अरुणिमाले युवराजलाई आफूसँग ढाँटेर बिहे गरेको आरोप लगाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4