+
+
Shares

३६ को आँकडाको गीतसँग किन आफ्नो गीत जुधाए भुवन केसीले ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेखा थापाको फिल्म ‘३६ को आँकडा’को गीत ‘बहुलाउँछु कि क्या हो’ घटस्थापनामा बिहान ११ बजेर ११ मिनेटमा सार्वजनिक हुने भएको छ।
  • रेखा थापाको स्टाटसमा आएको ‘बहुलाउन तयार हुनुहुन्छ?’ भन्ने प्रश्नको जवाफजस्तै भुवनले ‘मेरो मन चोर्‍यौ सुटुक्कै।’ लेखेका छन्।

आज घटस्थापना । यही दिन दुईवटा फिल्मका आ–आफ्नै गीत सार्वजनिक हुँदै छन् । त्यो पनि एउटै समयमा। उही घण्टा, उही मिनेटमा । ११ बजेर ११ मिनेटमा ।

सुरुमा यही मितिमा गीत रिलिज गर्ने तय गरेको थियो, ‘३६ को आँकडा’ले । गीतको बोल हो, ‘बहुलाउँछु कि क्या हो ’। अभिनेत्री रेखा थापाले यो गीत घटस्थापनाको दिन सार्वजनिक हुने भन्दै स्टाटस लेखेकी थिइन्, ‘कहिलेकाहीँ एउटा गीत सुन्दा मात्रै पनि मन कतै हराएजस्तो हुन्छ नि । ३६ को आँकडाको यही मिठो गीत घटस्थापनामा तपाईंहरूमाझ आउँदै छ । बहुलाउन तयार हुनुहुन्छ ?’

रेखा थापाले ‘बहुलाउन तयार हुनुहुन्छ ?’ भनी सोध्दा त्यसैको जवाफ दिएझैँ अभिनेता भुवन केसीले स्टाटसमा लेखे, ‘मेरो मन चोर्‍यौ सुटुक्कै ।’

खासमा यो उनको फिल्म ‘बटुलो जून’को गीत थियो । यही गीत रेखा थापाको गीतसँग जुधाएका छन् भुवन केसीले । जतिबेला ‘३६ को आँकडा’को गीत सार्वजनिक हुँदै छ, ठीक त्यही घडी–पलामा भुवनले आफ्नो गीत सार्वजनिक गर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो आइतबार बिहान ११ बजेर ११ मिनेटमा ।’

भुवन केसी जो परे, अलिअलि फन्डा त गर्नैपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?