+
+
Shares

भुवन केसी, रिहान गिरी, जितु नेपाललाई लिएर फिल्म ‘तिमी मेरो, म तिम्रो’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घनश्याम लामिछानेले सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा कथानक फिल्म 'तिमी मेरो म तिम्रो' निर्देशन गर्ने भएका छन्।
  • फिल्म प्रेमकथामा आधारित हुनेछ र भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल लगायतले अभिनय गर्नेछन्।
  • आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको लगानी रहेको फिल्मको छायांकन चाँडै सुरु हुने जानकारी दिइयो।

काठमाडौं । घनश्याम लामिछानेले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा कथानक फिल्म ‘तिमी मेरो म तिम्रो’ बन्ने भएको हो ।

आयोजित पत्रकार सम्मेलनमा उक्त फिल्म बन्ने जानकारी दिइयो । प्रेमकथामा फिल्म आधारित हुने जानकारी लामिछानेले दिए ।

प्रेमकथामा आधारित फिल्म बन्ने संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने फिल्म निर्माण गर्न लागिएको उनले बताए ।

शीर्ष भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रिहान गिरी, प्रतिमा थापाको अभिनय हुनेछ । युग भुसालले संगीत निर्देशन गर्नेछन् ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको लगानी रहने फिल्मको सहायक निर्मातामा राज श्रेष्ठ र आशिस थापामगर छन् । कार्यकारी निर्मातामा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी हुनेछन् ।

नरेन्द्र मैनालीको छायांकन रहने फिल्मको पटकथा मनीष गौतमले लेखेका छन् । छायांकन चाँडै सुरु हुने जानकारी सो अवसरमा दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?