+
+
Shares

भुवन केसी निर्देशित ‘बाटुलो जून’ कात्तिक २६ देखि प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ कात्तिक २६, भाइटीकाको भोलिपल्टदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ।
  • निर्माण पक्षले बुधबार पोस्टर सार्वजनिक गर्दै दशैंमा प्रदर्शनको तयारी गरिएको फिल्मको नयाँ मिति घोषणा गरेको हो।
  • निर्देशक केसीले दशैंमा अन्य फिल्मको चाप र पर्दा बाँडफाँटको समस्या देखिएकाले प्रदर्शक र वितरकको सुझावमा मिति सारिएको बताए।

काठमाडौं । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति तय भएको छ । फिल्म तिहारको भाइटीकाको भोलिपल्टदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो ।

निर्माण पक्षले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक २६ (१२ नोभेम्बर) देखि प्रदर्शनमा आउने घोषणा गरेको हो । यसअघि दशैंमा प्रदर्शन गर्ने तयारी गरिए पनि उक्त समयमा प्रदर्शनमा आउने फिल्मको चाप बढेपछि नयाँ मिति तय गरिएको हो ।

नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक केसीले भने, ‘दशैंमा अन्य फिल्म पनि प्रदर्शनमा आउने भएपछि पर्दा बाँडफाँटमा समस्या हुने देखियो । त्यसैले प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै नयाँ मितिमा फिल्म ल्याउने निर्णय गरेका हौं ।’

सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन् । अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ । पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशमा चम्किरहेको जूनले उनीहरूबीचको आत्मीय सम्बन्धलाई संकेत गर्छ । पोस्टरले फिल्म ग्रामीण परिवेशमा आधारित प्रेमकथा रहेको संकेत गर्छ ।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सहनिर्माता हुन् ।

सामिप्यराज तिमिलसेना र सरिन पोखरेलको पटकथा रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?