+
+
Shares

लभ गिलको प्रेमलिलाले आजित दर्शक, सलमानले सोधे, ‘कहिलेसम्म चल्छ ड्रामा ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बिग बोस २०’ को विकेन्डका वारमा सलमान खानले लव गिलको व्यवहारबारे घरवालालाई प्रश्न गरेका छन्।
  • सलमानले लवमाथि स्काउटलाई प्रभावित पार्न र सहानुभूति बटुल्न झगडालाई माध्यम बनाएको आरोप लगाएका छन्।
  • सामाजिक सञ्जालमा दर्शकले लव र स्काउटको सम्बन्ध लामो भएको भन्दै अब यो प्रसंग टुंग्याउन माग गरेका छन्।

भनिन्छ, सलमान खानको अगाडि परेपछि ठूल्ठूला खेलाडीको पनि बोली बन्द हुन्छ । यसपटक ‘बिग बोस २०’ को विकेन्डका वारमा लभ गिलको पालो आएको छ ।

सलमानले घरवालालाई नै लवको व्यवहारबारे प्रश्न सोधेपछि माहोल तातिएको छ ।

तर, घरभित्र मात्रै होइन, बाहिर सामाजिक सञ्जालमा पनि लव र स्काउटको सम्बन्धलाई लिएर दर्शकको आक्रोश पोखिन थालेको छ ।

शोको नयाँ प्रोमोमा सलमान घरका सदस्यहरूलाई सोध्छन्, ‘लवको ठाउँमा अरू कोही भएको भए यस्तो व्यवहार गर्थ्यो होला ?’

सलमानको प्रश्नपछि सबैले आआफ्नो धारणा राख्न थाल्छन् । आम्रपाली दुबेले आफू भएको भए यस्तो अवस्थामा पछि हट्ने बताउँछिन् ।

उदितीले पनि आत्मसम्मान सबैभन्दा ठूलो कुरा भएको भन्दै यस्तो सम्बन्धलाई अनावश्यक रूपमा लम्ब्याउन नहुने धारणा राख्छिन् । अरिश्फाको विचारमा काश्वी घरमा आएपछि नै लभले आफूलाई पछाडि हटाउनुपर्ने थियो ।

लवको व्यवहारमाथि प्रश्न उठाउने क्रममा सलमानले उनीमाथि स्काउटलाई प्रभावित पार्न र सहानुभूति बटुल्न झगडालाई माध्यम बनाएको आरोपसमेत लगाउँछन् ।

उता, कनिका मानलाई पनि सलमानले आफूले कुरा गरिरहेको व्यक्तिअनुसार आफ्नो व्यवहार परिवर्तन नगर्न चेतावनी दिन्छन् ।

यो विषयले घरभित्र चर्चा पाउनु स्वाभाविकै थियो । तर, बाहिर दर्शकको प्रतिक्रिया झन् रोचक देखिएको छ ।

दर्शकलाई चाहिँ एउटै प्रेमकथादेखि दिक्क !

लवलाई मात्रै दोष दिएर स्काउटलाई चोख्याउन खोजिएको भन्दै केही दर्शकले प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘स्काउट दूध पिउने बच्चा हो र ? लवले जे भन्यो त्यही मान्नुपर्ने ?’

अर्का दर्शकले हरेकपटक लवलाई मात्रै प्रश्नको घेरामा राखेर स्काउटलाई सम्झाउने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । केहीले भने यो विवादमा सधैँ केटीलाई नै सतर्क रहनुपर्ने दोष थोपर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् ।

तर, दर्शकको एउटा ठूलो गुनासो भने अर्कै छ । उनीहरूलाई लव र स्काउटको सम्बन्धको चर्चा अब धेरै नै लम्बिएको महसुस हुन थालेको छ ।

‘दुई महिनादेखि यही प्रेमकथा देखाइरहेका छन्, अब बन्द गर’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले त शोमा देखाउनका लागि अरू विषय नै नभएजस्तो भन्दै व्यंग्य गरेका छन् ।

कतिपयले लभ र स्काउट दुवैको ड्रामा धेरै भएको भन्दै अब यो प्रसंग टुंग्याउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

यसरी घरभित्र सलमानको प्रश्न र घरवालाको जवाफले लव गिललाई अप्ठ्यारोमा पारेको छ भने बाहिर दर्शक पनि यो प्रेमकथाको अर्को भाग हेर्न खासै उत्साहित देखिएका छैनन् ।

अब आगामी एपिसोडमा लवले आफ्नो बचाउ कसरी गर्छन्, त्यो भने हेर्न बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?