News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा रारा ताल जाने क्रममा हाइलक्स दुर्घटना हुँदा तीन जनाको मृत्यु र दुई जना घाइते भएका थिए।
- घाइते ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ।
- जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीले जानकारी दिए।
३० कात्तिक, सुर्खेत । मुगुमा भएको गाडी दुर्घटनाका घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।
रारा ताल जाने क्रममा आइतबार मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
घाइतेहरुको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीले जानकारी दिए ।
उनीहरू रारा ताल घुम्न निस्केका पर्यटक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4