+
+

अरुणिमाले सामाजिक संजालबाट हटाइन् विवाहका तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १३:१७

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाहका तस्वीर सामाजिक संजालबाट हटाएकी छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन् ।

यी दुईजनाले भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा विवाह गरेका थिए । फोटो हटाउने मात्र होइन, इन्स्टाग्राममा एकअर्कालाई पछ्याएको देखिँदैन । विवाहपछि अरुणिमा अहिले अमेरिकामा छिन् ।

सामाजिक संजालबाट विवाहका फोटो गायब भएपछि फ्यानले यो जोडीको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी काटिरहेका छन् । विवाहपछि युवराजले आफू अरुणिमासँग अमेरिका जाने भन्दै टिभीमा अन्तर्वार्ता समेत दिएका थिए ।

युवराजले भने फोटो हटाएका छैनन् । अरुणिमाले यसअघि अमित अर्यालसँग पहिलो विवाह गरेकी थिइन् । पहिलो विवाह टुटेपछि अरुणिमाले युवराजसँग मागी विवाह र सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेकी थिइन् । परिवार नेपाल घुम्न आएको बेला युवराजलाई मन पराएपछि विवाह भएको थियो ।

श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?