
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता पल शाहको फिल्म 'मोहर'ले तीन दिनमा घरेलु बक्सअफिसमा एक करोड रुपैयाँ कमाएको छ।
- पल शाहले अहिलेसम्म व्रतवन्ध नगरेको र व्रतबन्धपछि मात्र विवाह गर्ने योजना रहेको बताए।
- पल शाहले विवाहको चर्चा खण्डन गर्दै विवाह गर्नुपर्ने भए मिडियालाई थाहा हुने बताएका छन्।
काठमाडौं । अभिनेता पल शाहलाई यतिबेला ‘मोहर’को चटारो छ । सकारात्मक समीक्षा प्राप्त गरेको यो फिल्मले ३ दिनमा घरेलु बक्सअफिसमा १ करोडको आँकडा पार गरेको छ ।
फिल्म प्रवर्धनको सिलसिलामा पल अहिले विभिन्न जिल्लाको दौडाहामा छन् । हल हलमा पुगेर दर्शक भेटिरहेका छन् । नहोस पनि किन, धेरैपछि उनको फिल्मले हलमा राम्रो ब्यापार गरिरहेको छ ।
हलमा पुगेका पललाई मिडियाले विवाह योजनाबारे पनि सोधे । धेरैपटक विवाहको प्रश्नले घेरिएका उनले अहिलेसम्म आफूले व्रतवन्ध पनि नगरेको र त्यसपछि मात्र विवाह गर्ने जवाफ दिए ।
३५ वर्ष पुगेका पलले आफूले अहिलेसम्म व्रतवन्ध नगरेको बताए । ‘कामले गर्दा व्रतवन्ध गर्न पनि भ्याएको छैन । अब एकैदिन व्रतबन्ध र विवाह गर्छु’ उनले भने ।
केही समयअघि पलको विवाहको चर्चा गर्माएको थियो । जसलाई उनी आफैले खण्डन गर्दै विवाह गर्नैपरे मिडियालाई पनि थाहा हुने बताएका थिए ।
प्रतिक्रिया 4