+
+
Shares

‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडाहामा कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता पल शाह फिल्म 'मोहर'को प्रचारप्रसारका लागि साउन २३ गते रिलिजअघि चितवन र पोखरामा दर्शकसँग भेटघाट र नृत्य गरे।
  • फिल्म 'मोहर'लाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका छन् र चुम्बनजंग शाही निर्माता हुन्।
  • सेन्सर बोर्डले 'मोहर'लाई पीजी सर्टिफिकेट दिएको छ र १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा फिल्म हेर्नुपर्नेछ।

काठमाडौं । शुक्रबार अर्थात साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारप्रसारमा अभिनेता पल शाह दौडिरहेका छन् । शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् ।

चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले चितवनको म्याङ्गो हल पर्सामा आयोजित एक कार्यक्रममा दर्शकसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिए ।

पल र गायक थानेश्वर गौतमले चितवनका दर्शकसँग फिल्म हेर्न आग्रह गरेका थिए । दर्शकले पनि फिल्मको ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरु ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।

पलले दर्शकसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटेका थिए । चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले सोमबार पोखरामा आयोजित कार्यक्रममा दर्शकसँग भेटघाट गरे ।

पोखरामा पनि पलले फिल्मको गीतमा दर्शकसँग नृत्य गरे । फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मलाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । फिल्मका निर्माता चुम्बनजंग शाही हुन् ।

फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । देउकी प्रथाको कथामा आधारित यो फिल्मको सेन्सर समेत भएको छ ।

सेन्सर बोर्डले यो फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?