News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता पल शाह फिल्म निर्माणमा प्रवेश गर्दैछन् र फिल्म 'यानीमाया ः रिदम अफ लभ' को छायांकन जेठ १ गतेबाट सुरु हुँदैछ।
- फिल्ममा पल शाह र अञ्जना मगरको जोडी पक्का भएको छ र ओम प्रतीकले निर्देशन गर्दैछन् जसले पहिले 'मोहर' निर्देशन गरेका थिए।
- फिल्म 'यानीमाया' प्रेमको कथामा आधारित छ र पल शाह र चन्द्र ज्योती आलेले लगानी गर्नेछन्, यस वर्ष पलका दुई फिल्म बक्सअफिसमा सफल भएका छन्।
काठमाडौं । अभिनेता पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन् । पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमाया : रिदम अफ लभ’को छायांकन केही समयमा सुरु हुँदैछ । छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी छ ।
त्यसअघि निर्माताले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् । जसअनुसार, फिल्ममा पल र अञ्जना मगरको जोडी पक्का भएको छ । यी दुईजनाले यसअघि म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।
फिल्मलाई ओम प्रतीकले निर्देशन गर्दैछन् । प्रतीकले फिल्म ‘मोहर’लाई निर्देशन गरेका थिए, जसमा अभिनेता शाह मुख्य भूमिकामा थिए । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।
अब, ओम र पलले एउटै फिल्ममा फेरि टिमअप गरेका छन् । फिल्ममा पल र चन्द्र ज्योती आलेको लगानी हुनेछ । ‘यानीमाया’लाई ‘प्रेमको धुन’ भनिएको छ । यसैले, पनि यो फिल्म प्रेमको कथामा निर्माण हुन लागेको जान्न सकिन्छ ।
यसवर्ष पलका ‘मोहर र आबाट आमा’ फिल्म रिलिज भइसकेका छन् । दुबै फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरे । ‘आबाट आमा’ २०८२ सालमा धेरै कमाउने दोस्रो नेपाली फिल्म हो ।
प्रतिक्रिया 4