+
+
Shares

‘महाराजधिराज’ बन्दा यस्तो देखिए पुष्प खड्का, पल शाहको ठाउँमा इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १२:४४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'महाराजधिराज' मा पल शाह बाहिरिएपछि पुष्प खड्का शीर्ष भूमिकामा कास्ट भएका छन्।
  • पुष्प खड्काले फिल्ममा अनुबन्धित हुँदा आफ्नै औंला काटेर रगतको औंठा छाप लगाएका छन्।
  • फिल्मको छायांकन बैशाख दोस्रो सातादेखि सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ र परिच्छेद सेनले निर्देशन गर्नेछन्।

काठमाडौं । यसअघि पल शाहलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको थियो । त्यसबीचमा प्रोजेक्टबाट शाह बाहिरिएपछि यो फिल्म कास्टिङलाई अन्योलमा थियो ।

अहिले भने, निर्माताले शीर्ष भूमिकामा अर्का अभिनेतालाई कास्ट गरेका छन् । पुष्प खड्का शीर्ष भूमिका ‘महाराजधिराज’ को भूमिकामा देखिने भएका छन् । निर्माताले मंगलबार खड्कालाई फिचर्ड गरिएको पोस्टर सार्वजनिक गरेका छन् ।

शीर्ष भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माताले खड्काको नाम सार्वजनिक गरेका हुन् । सार्वजनिक टिजर पोस्टरमा पुष्पलाई दुईवटा विपरीत र शक्तिशाली लुक्समा देखाइएको छ ।

एकमा उनी ‘रोयल लुक्स’मा प्रस्तुत छन् । उनको शीरमा श्रीपेच, हातमा राजदण्ड र राजर्षी पहिरन लगाएका छन् । अर्को फोटोमा उनी नग्न, दुब्लो एवं कमजोर अवस्थामा देखिएका छन् ।

फिल्मले पोस्टरसँगै अर्थपूर्ण बटमलाइन पनि सार्वजनिक गरेको छ । जसमा लेखिएको छ, ‘सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् ।’

पुष्पले यो फिल्ममा अनुबन्धित अनुबन्ध हुँदा आफ्नै औंला काटेर रगतको औंठा छाप लगाएको चर्चा छ । सामान्यतया कलाकारले कागजमा हस्ताक्षर गरेर फिल्म साइन गर्ने चलन छ ।

पुष्पले यो भूमिकालाई आफ्नो करिअरको सबैभन्दा ठूलो अवसर र चुनौतीका रूपमा लिएका छन् । यो फिल्मको निर्माण अवधिभर अन्य कुनै पनि फिल्म, म्युजिक भिडियो मात्र होइन, टिकटक, इन्स्टाग्राम र युट्युब भिडियो जस्ता कुनै पनि दृश्य सामग्रीमा संलग्न नहुने घोषणा गरेका छन् ।

पोस्टरले यो फिल्म थ्रिलर वा पिरियड ड्रामाको हुनसक्ने संकेत गर्छ । बैशाख दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।

फिल्ममा नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायतका कलाकार पनि छन् ।

प्रस्तुतकर्ता विराज विष्टले नयाँ र अग्रज गर्दै अभिनयमा अब्बल कलाकार आफूहरूको पहिलो रोजाइमा परेको बताए । छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ ।

त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा खिचिनेछ । नवराज थापा छायांकारको रुपमा छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?