+
+
Shares

‘मोहर’को ओपनिङमा सन्तुष्टि देखिएका पल, नीति र बेनिशा के भन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते २०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म 'मोहर' शुक्रबारदेखि रिलिज भएको छ।
  • फिल्म 'मोहर'ले देउकी प्रथाको कथालाई मुख्य आधार बनाएको छ र पल शाह, बेनिशा हमाल, नीति शाहले अभिनय गरेका छन्।
  • निर्माता चुम्बनजंग शाहीले फिल्मको व्यापार भोलिका दिनमा बढ्नेमा आशावादी देखिनुभएको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको छ।

काठमाडौं । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘मोहर’ शुक्रबारदेखि रिलिज भएको छ । रिलिज भएसँगै फिल्म प्रवर्धनको लागि कलाकार हल भिजिटमा ब्यस्त रहे ।

बिहान औषत अकुपेन्सीमा ओपनिङ व्यापार गरिरहेको यो फिल्मले दर्शकको बलियो ‘वर्ड अफ माउथ’ पाएपछि व्यापार बढ्नेमा वितरक करण श्रेष्ठ आशावादी सुनिए ।

चुम्बनजंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । यो फिल्मको कथावस्तु, कलाकार पल शाह, बेनिशा हमाल, नीति शाहका पात्रको प्रेमको पटकथा, देउकी प्रथाको विषयलाई दर्शकले मन पराएका छन् ।

शुक्रबार बिहान आयोजित फिल्मको विशेष शोमा फिल्म हेरेका अधिकांश पत्रकार र दर्शकले पनि ‘मोहर’ अपेक्षा गरेको भन्दा धेरै राम्रो बनेको बताए । दर्शकबाट फिल्मलाई लिएर सकारात्मक प्रतिक्रिया आएपछि अभिनेता शाह भावुक देखिए ।

बिग मुभिजमा पुगेका शाह आफू बोल्न नसक्ने अवस्थामा रहेको सुनाए । पलले भने- ‘अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । यसपटक हामीले निकै मिहिनेत पनि गरेका थियौं । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भएको भन्ने लागेको छ ।’

नीति पनि भावुक देखिइन् । नीतिको यसअगाडिका फिल्ममा कामको आलोचना भएपनि यो फिल्ममा भने प्रशंसा भइरहेको छ । नीतिले आफूले यही क्षेत्रमा केही गर्न चाहेकाले मिहिनेत गर्नुपर्छ भन्ने सोचेको बताइन् ।

फिल्म ‘मोहर’को व्यापार भोलिका दिनमा बढ्नेमा आशावादी देखिए निर्माता शाही । अभिनेत्री हमालको पनि कामको प्रशंसा भैरहेको छ । दर्शकबाट पाएको प्रतिक्रियाले आफू भावुक बनेको सुनाइन् ।

फिल्म ‘मोहर’ले देउकी प्रथाको कथालाई मुख्य आधार बनाएको छ । यो फिल्ममा अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?