+
+
Shares

पल, बेनिशा, नीति अभिनित फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'मोहर'को ट्रेलर सार्वजनिक भएको छ र यो साउन २३ गतेबाट रिलिज हुने तयारीमा छ।
  • फिल्ममा देउकी प्रथालाई मुख्य विषयवस्तु बनाइएको छ र पल शाह, बेनिशा हमाल, नीति शाह लगायत कलाकार छन्।
  • फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ र ट्रेलरले प्रेम, विछोड र बदलाको कथा प्रस्तुत गरेको छ।

काठमाडौं । सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथामा तयार भएको फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ ।

साउन २३ गतेबाट रिलिज तयारीमा रहेको यो फिल्मलाई फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बनजंग शाही फिल्मका निर्माता हुन् ।

ट्रेलरमा कलाकार पल शाह, बेनिशा हमाल, नीति शाह, लक्ष्मी गिरी, अर्जुनजंग शाही सारा शर्मालाई चित्रण गरिएको छ ।

देउकी प्रथालाई मुख्य बिषयवस्तु बनाएको फिल्मको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा र नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ ।

एउटी बालीकालाई देउकी चढाउने विषयबाट उठान भएको फिल्मको ट्रेलर थुप्रै उतारचढावका बीच अगाडि बढेको छ । ट्रेलरले दर्शकलाई फिल्मप्रतिको चासो बढाउने देखिन्छ ।

दुई गीत र टिजर चर्चामा रहेको समयमा ट्रेलरले अझै कौतुहलता र चासो बढाउने पक्का छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको रङ संयोजन, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।

रामजी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्ममा कुमार महर्जनको एक्सन छ । शीर्षकअनुसार ट्रेलरमा ‘मोहर’को महत्व र आवश्यकतालाई पनि झल्काइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?