
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भयो।
- गीतमा पल शाह र नीति शाहको प्रेम भाव देखाइएको छ र भिडियोमा उनीहरूको फिचरिङ छ।
- फिल्मको निर्माण ओम प्रतिकको निर्देशन र फिल्म मेकर्स प्रालिको ब्यानरमा भएको हो।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा शरद हुमागाईं र विशाखा शाहीको स्वरमा समावेश फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
प्रमोद ढुंगानाको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा पल शाह र नीति शाहलाई फिचरिङ गरिएको छ ।
गीतको भिडियोमा पल र नीतिको प्रेम भाव छल्किएको छ । चुम्बनजंग शाही फिल्मका निर्माता हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा अर्जुनजंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधवदत्त पण्डित, गीता थापा, नविन खतिवडा र सारा शर्माको मुख्य भूमिका छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा दिपेन बस्न्यातको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन, कुमार महर्जनको एक्सन कोरियोग्राफी छ । यो गीतलाई भने रामजीले नृत्य निर्देशन गरेका हुन् ।
गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता शाहले छायांकनका क्रममा निकै दुःख भएपनि गीत तयार भएर आएपछि खुसी लागेको बताए । आफूले पहिलो पटक कुनै गीतको भिडियोमा काम गर्दा ‘म सक्दिनँ है’ भनेको पनि पल शाहले सम्झिए ।
अभिनेत्री पनि गीतको छायांकनका क्रममा सबैको मिहिनेत परेको भन्दै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सुनाइन् । निर्देशक ओम प्रतिकले फिल्मले देउकी प्रथासँगै अन्य थुप्रै सस्पेन्स कुरालाई समेत देखाएको भन्दै दर्शकले केही फरक कथाको फिल्म हेर्न पाउने बताए ।
प्रतिक्रिया 4