+
+
Shares

‘प्रि-वेडिङ फोटोसुट’ मा रोमान्टिक नीति-याञ्चित

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री नीति शाहले गत बैशाखमा कानूनी विवाह गरिसकेकी याञ्चित राणासँग शुक्रबार धार्मिक विधिअनुसार विवाह गर्दैछिन्।
  • तीन दिनसम्म काठमाडौंका विभिन्न भेन्यूमा नीति र याञ्चितको विवाह समारोह आयोजना गरिएको छ।
  • नीति र याञ्चितले केही दिनअघि पोखरामा फेवाताल र माछापुच्छ्रेलाई पृष्ठभूमि बनाएर प्रि-वेडिङ फोटोसुट गरेका छन्।

काठमाडौं । गत बैशाखमा कानूनी विवाह गरिसकेकी अभिनेत्री नीति शाहले याञ्चित राणासँग शुक्रबार धार्मिक विधिअनुसार विवाह गर्दैछिन् । ३ दिनसम्म काठमाडौंका विभिन्न भेन्यूमा विवाह समारोह आयोजना गरिएको छ ।

त्यसअघि यी दुईलाई विवाहको तयारीमा जुट्नेदेखि फोटो र भिडियो छायांकन गर्नेसम्मको काममा भ्याइनभ्याइ छ । नीति त केही साताअघि देखि नै ब्याचलरेट पार्टीमा ब्यस्त देखिन्छिन् ।

यी दुईजनाले केही दिनअघि पोखरामा आकर्षक प्रि-वेडिङ फोटोसुट गरेका छन् । फेवाताल र माछापुच्छ्रेलाई पृष्ठभूमिमा राखेर खिचिएको फोटोमा नीति दुलही र याञ्चित दुलाहाको लुकमा प्रस्तुत छन् ।

नीति ब्लस पीची पिंक साडीमा देखिएकी छन्, जसमा डेलिकेट रोमान्स र उत्कृष्ट शिल्प झल्किन्छ । पल्लु र हेम जडित फूलका बुट्टाहरूले साडीलाई सौन्दर्य दिएका छन् ।

याञ्चितले पनि ब्लेजरमा पेस्टल फूलको ह्यान्ड एम्ब्रोइडरीसँग स्टाइलिस उपस्थिति दिएका छन्, जसलाई दुलहीको लुकसँग मिल्ने गरी डिजाइन गरिएको हो । यो डिजाइन कासा र अस्लेशा राणाको सहकार्यमा तयार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?