News Summary
Generated by OK AI. Editorially reviewed.- गीत 'बेली चमेली' स्वाती भाटको स्वर, विनोद ढकालको र्याप र निशाद चन्द्राको संगीत संयोजनमा युट्युबमा सार्वजनिक गरिएको छ।
- गीतको मिक्स-मास्टरिङ् बलिउडका मिक्सिङ इन्जिनियर मनीभनन आनन्दनले गरेका छन्।
- भिडियोमा पल शाह र श्वेता महराको अभिनय छ, जसलाई कवीराज गहतराजले नृत्य निर्देशन गरेका छन्।
काठमाडौँ । ‘बेली चमेली’ गीत युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको स्वर, विनोद ढकालको र्याप तथा निशाद चन्द्राको संगीत संयोजन छ ।
गीतको मिक्स-मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् ।
भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल-भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा अभिनेता पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन् ।
कवीराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा पललाई एउटा फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ श्वेताले उनको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कौतुहलता जगाउँछ ।
सुरेश जोशी प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा सुदीप बरालको छायांकन, बन्दे प्रसादको सम्पादन र रेनिस फागोको रङ संयोजन छ । भिडियोले सामाजिक सञ्जालमा समेत राम्रो चर्चा बटुलिरहेको छ ।


प्रतिक्रिया 4