News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहानले मध्य बानेश्वरमा २ करोड लगानीमा खोलेको ‘रमणी बाइ एलिना’ आउटलेट घरबेटीले तत्काल खाली गर्न भनेपछि सार्दै छिन् ।
- घर विवादित रहेकाले सहकारीले ३५ दिने सूचना टाँसेको छ, र नयाँ ठाउँमा सर्न थप ४०–५० लाख खर्च हुने एलिनाले बताइन् ।
- एलिनाले आफूले नसोचेको बज्रपात आइलागेको भन्दै ‘ढल्दिन । फेरि उठ्छु र निरन्तरता दिन्छु ।’ भनेकी छिन् ।
काठमाडौं । साउन पहिलो साता गायिका एलिना चौहानले मध्य बानेश्वरमा पहिरन र श्रृंगारसम्बन्धी आउटलेट ‘रमणी बाइ एलिना’ थालेकी थिइन् । २ करोड लगानीमा उनले खोलेको यो आउलेट राम्रै चल्न पनि थालेको थियो ।
तर, एलिनालाई यतिबेला सोच्दै नसोचेको समस्या आइलागेको छ । घरबेटीले उक्त घर तत्काल खाली गर्न भनेपछि एलिनाले त्यहीँ नजिकैको अर्को घरमा धमाधम सामान सारिरहेकी छिन् ।
अहिले उक्त घर खाली गर्न सहकारीले ३५ दिने सूचना टाँसेको छ । ‘यो घर विवादित रहेछ र सहकारीले खाली गर्न सूचना पनि टाँसेको छ’ एलिनाले अनलाइनखबरसँग भनिन्, ‘ममाथि नसोचेको बज्रपात आइलाग्यो । रमणी मेरो सपना हो । ढल्दिन । फेरि उठ्छु र निरन्तरता दिन्छु ।’
नयाँ ठाउँमा आउटलेट खोल्दा थप ४०-५० लाख खर्च हुने उनको भनाइ छ । साउन पहिलो साता ओपनिङ गरेको ३ दिनपछि घरबेटीले आफूलाई त्यो ठाउँ सार्न भनेको तर आफूले त्यो कुरा बाहिर नल्याएको एलिना बताउँछिन् ।
‘त्यतिबेलै घरबेटीले मलाई खाली गर्न भन्नुभएको थियो । आफ्नो पीडालाई बाहिर ल्याइन । अहिले भने भन्न बाध्य छु । बीचमा राम्र्रै पनि चल्न थालेको थियो’ उनले भनिन् ।
आफूमाथि बज्रपात आइलागेको र आफू फेरि उठ्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4